ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विविध कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान


एबीसी न्यूज

काठमाडौँ, २२ माघ । सांस्कृतिक संस्थानले विभिन्न जातजाति, संस्कृति तथा कलासँग सम्बन्धित देशका दुर्लभ नृत्य, गीतसंगीतको संरक्षण गर्नाका साथै जुनसुकै बेलामा ती कला र संस्कृति प्रस्तुती गर्न सकिने जनाएको छ ।

सो संस्थानका अनुसार बज्रयान बौद्ध परम्परामा आधारित चर्या नृत्यसहित मञ्जुश्री, आर्यतारा, पञ्चबुद्ध तथा कुमारी, भैरवकाली, बज्रयोगीनी, तामाङ्गसेलो, साकेला, धिमाल, सतार, धिन्तामै, सोरठीलगायत ५१ प्रकारका नृत्य, गीतसंगीत, लोकगीत,आदि रहेकाछन् ।

नेपालमा लोप हुन लागेको संस्कृति, नाटक, नृत्य बाजा तथा गीतसंगीतको संरक्षण गर्ने, खोज तथा अनुसन्धान गर्ने उद्देश्य रहेको सो संस्थानले हाल सांस्कृतिक कार्यक्रम गर्ने, नाच, प्रशिक्षार्थीलाई प्रशिक्षण दिने, लोपोन्मुख कला, संस्कृति तथा नाटकको अनुसन्धान तथा खोजबिन गर्ने तथा प्रशिक्षण प्राप्त विद्यार्थीलाई विभिन्न विदेशी मुलुकमा जानका लागि सिफारिश गर्ने काम गर्दै आएको छ ।

रासससँग कुरा गर्दै संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले संस्थानले हाल नियमित रुपमा नेपाली भाषाका नाटक, नृत्य, लोकगीतजस्ता कलासंस्कृतिको प्रदर्शन गर्ने गर्दै आएको बताउनुभयो । यो वर्ष आफ्नै कार्यालय सांस्कृतिक संस्थानसहित गोकर्ण रिसोर्ट, राष्ट्रपति भवन, भृकुटीमण्डप, झापाको विर्तामोड, कैलालीको टीकापुरजस्ता स्थानमा मादल प्रतियोगिता, सार्क आर्टिष्ट क्याम्प, गोपाल योन्जन स्मृति कार्यक्रम, गजल उत्सव, नृत्य प्रशिक्षण, सडक नाटक तथा किराँतेश्वर शास्त्रीय संगीत गरी कूल ६२ वटा कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

सांस्कृतिक संस्थानमा कार्यक्रम अवलोकनका लागि आएका कर्म लामाले नेपालको कला, संस्कृति तथा दुर्लभ नाचहरुको संरक्षण गरी भावी पिँढीलाई पनि हेर्ने तथा अनुुभूत गर्ने मौका दिनु सरकार तथा कलाप्रेमीको दायित्व रहेको बताउनुभयो । उहाँले नेपालीका अतिरिक्त अन्य भाषाका वाद्यवादन, कला, संस्कृति तथा नाचलाई काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा पु¥याउनुपर्ने आवश्यकता र्आँैल्याउनुभयो ।

सो संस्थानबाट उत्पादित कलाकारहरु नाटकतर्फ घिमिरे युवराज, राजन खतिवडा, कृष्ण शाह यात्री, प्रदीप पुमा तथा नृत्यतर्फ सारंगा श्रेष्ठ, सोनी गुरुङ, मेनुका भण्डारी तथा बिमला श्रेष्ठ एवं संगीततर्फ खड्क बुढा, शिव परियार आदिले कला सेवामा योगदान गर्दै आएका छन् ।

हाल वरिष्ठ नाटककार वीरेन्द्र हमाल र खड्क बुढाले माडल तथा पञ्चनारायण महर्जनले तबला, मुनुज जोशी र शारदा सिलवालले नृत्यको प्रशिक्षण दिँदै आउनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com