ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालदिभ्सका राष्ट्रपतिद्धारा शान्त र संयमित रहन आग्रह


एबीसी न्यूज

 

माले, २१ माघ ।   मालदिभ्स्का राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका नागरिकलाई शान्त र संयमित रहन आइतबार आग्रह गर्नुभएको छ ।

आइतबार उहाँले राष्ट्रिय प्रशारणबाट देशवासीका नाममा सम्बोधनगर्दै सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले देशमा यतिखेर राजनीतिक संकट बढिरहेकोले यस्तो बेलामा सबै देशवासी संयमित भएर रहनुपर्नेमा जोड दिनुभएको हो ।

मालदिभ्स्मा केही दिनयतादेखि आन्दोलन चर्किएको छ । दक्षिण एसियाको यो सानो टापू राष्ट्रमा केही वर्षयतादेखि राजनीतिक अस्थिरता बढिरहेको पाइएको छ ।

उहाँले यहाँका सुरक्षा अंग तथा आन्दोलनरत विपक्षी कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गर्नुभएको मालदिभ्स्को राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा पनि जनाइएको छ ।

मालदिभ्सको सर्वाेच्च अदालतले बिहीबारको एक फैसलामा यहाँका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको छ ।

उक्त फैसलाबाट मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पनि गर्नुपर्ने हुन्छ । तर वर्तमान सरकार उनीहरुलाई रिहागर्ने पक्षमा छैन ।

सोही कारण पूर्व राष्ट्रपति नसिदका कार्यकर्ताहरुले उहाँलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । त्यस्तै बिहानैदेखि राजधानीमा प्रदर्शनहरु सुरु हुने गरेका छन् ।

नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’ गरेर हटाइएको थियो ।

उहाँलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । पछि अदालतले १३ वर्षको जेल सजाय सुनाएको थियो ।

राजनीतिक आस्थाका आधारमा उहाँलाई जेल हालिएको उहाँको राजनीतिक दलका कार्यकर्ताले बताउँदै आएका छन् ।

मालदिभ्स्का राष्ट्रपति यामिनले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन आह्वान गर्नुभएको छ ।

त्यसैले पनि सो निर्वाचनअगावै सबै राजनीतिक बन्दीहरुलाई रिहागरी उनीहरुलाई पनि निर्वाचनमा सहभागिताको अवसर दिनुपर्ने भन्दै सर्वाेच्च अदालतले सो निर्वाचन अगावै सबै राजनीतिक बन्दीहरुलाई रिहा गर्नुपर्ने आदेश दिएको हो ।

राष्ट्रपति यामिनले उक्त निर्वाचनका लागि वातावरण बनाउन आफूले सर्वाेच्च अदालतसँग परामर्श गरिरहेको र निश्पक्ष र स्वतन्त्र निर्वाचनका लागि लागिपरेको भन्दै सबैलाई शान्त रहन आग्रह गर्नुभएको हो । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com