ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति


एबीसी न्यूज

 

 देवघाट, २१ माघ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उहाँले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउन आवश्यक रहेको बताउनुभयो । गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउँदै उहाँले सुखी र उन्नत समाज सिर्जना गरी आफ्नो मौलिक पहिचान कायम राख्न कटिबद्ध रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजलाई नैतिक र चरित्रवान् बनाउँदै हाम्रो मौलिक संस्कृतिप्रति समर्पित बनाउन आवश्यक रहेको छ ।”

गुरुकुल शिक्षाद्वारा सुसंस्कृत वाङ्मय र वैदिक ज्ञानको समृृद्ध परम्परालाई जोगाउँदै तपोभूमि देवघाटधाम आध्यात्मिक र संस्कृतिको केन्द्र बन्दै गएको बताउँदै उहाँले भन्नुभयो, “यसै शृखलाको एक आयामका रुपमा शिवालय मन्दिर र धर्मशाला निर्माण भएको महसुस गरेको छु ।”

कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले देवघाट क्षेत्रलाई हिन्दू अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले नेपाललाई धर्मनिरपेक्ष बनाउनु त्रुटिपूर्ण भएको भन्दै सच्याउन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नवनिर्मित नर्मदेश्वर शिव मन्दिर र धर्मशालाको उद्घाटन गर्नाका साथै यज्ञमण्डपमा दीप प्रज्ज्वल गरी महायज्ञको शुभारम्भ गर्नुभयो । राष्ट्रपति भण्डारीले भागवतमा पुष्पअर्पण पनि गर्नुभएको थियो । गलेश्वर आश्रमले आफ्नो परिसरमा झण्डै रु नौ करोडको लगानीमा सो मन्दिर निर्माण गरेको हो । देवघाटधाम क्षेत्रको सबैभन्दा ठूलो मन्दिरका रुपमा यस मन्दिरलाई लिन सकिन्छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले गलेश्वर आश्रमका पूर्वकोषाध्यक्ष भोजराज भण्डारी, हालका सचिव प्रेमकुमार उलक, कार्यालय सचिव महेन्द्र प्याकुरेल र कार्यालय सहयोगी अर्जुन पन्तलाई सम्मान गर्नुभएको थियो ।

महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी आश्रमले नै ५०० जना अट्न सक्ने धर्मशाला निर्माण गरेको हो । धर्मशाला रु दुई करोड ५० लाख लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बिहे गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्नुस् – प्रधानमन्त्री ओली

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

रसुवामा बाढीले भत्काएको सडक निर्माणमा नेपाली सेना सक्रिय

भारत बाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने

लघुवित्तको १५ प्रतिशत बढी लाभांश वितरणको विद्यमान व्यवस्था पुनरवलोकन गरिने

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com