ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै (कार्यसूचि सहित )


एबीसी न्यूज

महेन्द्रनगर, धनुषा, २१।  पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ ।


यादवले भन्नुभयो, “संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र उनीहरूले कल्पना गरेको विकासको चाहनामा संसद् बैठक केन्द्रित हुने अपेक्षा गरेको छु ।”

प्रदेश सभा सदस्य यादवलाई मात्रै होइन् सम्पूर्ण जनकपुरधामवासी अझ भनौँ भने समस्त २ नं प्रदेशवासीले यो बैठकका लागि व्यग्र प्रतीक्षा गरिरहेका छन् । प्रदेश नं २ को पहिलो प्रदेश सभा बैठक आज जनकपुरको कुवारामपुरस्थित शिक्षा कार्यालय तथा शिक्षक तालीम केन्द्रलाई बनाइएको प्रदेश सभा भवनमा बिहान ११ बजेदेखि शुरु हुँदैछ ।

प्रदेश सभा बैठकलाई मध्यनजर गर्दै सभाहल तयारीको काम शनिबार रातभरि गरेर आइतबार बैठक सञ्चालन गर्नेगरी भएको छ ।

बैठकका लागि सभाहल सिंगारिएको छ । सभाहलमा कुर्सी र डेस्क लगाउने, साउण्ड सिस्टमको व्यवस्था, लाइट राख्ने कामसमेत सम्पन्न भएको छ । सभाहलको मूल गेटमै मिथिला आर्ट राखिएको छ । प्रदेश सभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ ।

प्रदेश सभाको बैठकको तयारीमा जुटेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जनकपुरका इन्जिनियर महेश साहले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको बताउनुभयो ।

सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको इन्जिनियर साहले जानकारी दिनुभयो ।

बैठक सञ्चालनमा सहयोग गर्ने राष्ट्रसेवक तथा मर्यादापालकहरूलाई संसद् सचिवालयबाट खटिआएका सहसचिव वंशीराज पौडेल नेतृत्वको चार सदस्यीय टोलीले तालीम दिएको छ । संसद् सचिवालयका सहसचिव पौडेलका अनुसार प्रदेशसभाका लागि ५० जनपथ प्रहरीको दरबन्दी छुट्याइएको छ । तीमध्ये २१ जना मर्यादापालकको भूमिकामा तथा बाँकीका २९ जना प्रदेश सभा बाहिरको सुरक्षामा तैनाथ गरिनेछ ।

मर्यादापालकहरूलाई संसद् सचिवालयका कर्मचारीले खटनपटन गर्नेछन् भने सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयले काममा लगाउने छन् । बाहिरको सुरक्षा भने सशस्त्र प्रहरीको जिम्मा दिइएको छ ।

गत बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरूका लागि कफी रङको कोट र लोगो निर्धारण गरेको थियो । भित्री पोशाक भने आफूखुशी लगाउन पाउने निर्णय गरिएको छ । मर्यादापालकले सफारी सुट लगाउने र भाषामा राष्ट्रिय भाषाबाहेक आफ्नो मातृभाषाको प्रयोग गर्न पाउने निर्णय गरिएको छ ।

के के हुन्छ पहिलो बैठकमा

पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्दै हुनुहुन्छ । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् । बैठकको शुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनु हुनेछ ।

प्रदेश नं २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेताको शनिबार साँझ बसेको कार्यव्यवस्था तथा सर्वदलीय परामर्श समितिको बैठकले उक्त कार्यसूची तय गरेको हो । सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेश सभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रदेश सभाका केही सदस्य मनोनयन पनि पहिलो बैठकबाटै गरिनेछ ।

प्रदेश सभाको पहिलो बैठक भएकाले सभामा उपस्थित दलका एक–एक जनालाई सम्बोधन गर्न समय दिइनेछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै प्रदेश सभाको प्रथम बैठकमा दलका तर्फबाट बोल्न पाउने समयसीमा पनि निर्धारण गरिएको छ । प्रदेश सभामा प्राप्त सिट संख्याका आधारमा संघीय समाजवादी फोरमलाई सबैभन्दा बढी १४ मिनेट, राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्न पाउनेगरी समय उपलब्ध गराउने निर्णय सर्वदलीय बैठकबाट गरिएको सचिवालय सचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com