ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामको वैधनाथ धाम कटानको उच्च जोखिममा


admin

अछाम, १८ माघ । अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा परेको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै गएको छ । कटान रोक्नको लागि पहल भएपनि प्रभाव हुन सकेको छैन् । बुढीगंगा नदीले कटान रोक्नको लागि पहल गर्ने यस क्षेत्रका जनप्रतिनिधीले प्रतिवद्धता जनाएका छन् ।

वि.स १९८६ सालमा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर छेत्रका सबै संरचना बगाएको भए पनि त्यहाँ रहेको शिवलिङग भने यथास्थानमै फेला प-यो । शिवलिङग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य सुरु गरिएको छ ।

वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै आएपछि यस क्षेत्रका स्थानीले चिन्ता व्यक्त गरेका छन् । धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको क्षेत्रको कटान रोक्नको लागि सरोकारवालले ध्यान दिनुपर्ने पर्ने स्थानीयको भनाई रहेको छ ।

छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको पछि अहिले वैद्यनाथ क्षेत्र उजाड भएको छ । विगतमा जल उत्पन्न प्रकोप कार्यालय र जिल्ला विकास समितिको पहलबाट कटान रोक्नको लागि पहल भएपनि प्रभावकारी भएन । अहिले नयाँ स्टमेट बनाएर कटान रोक्नको लागि पहल भईरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डीराज जोशीको भनाई रहेको छ ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नका पहल गर्ने बताउनुहुन्छ ।

पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं.१ का सांसद भीम रावल वैद्यनाथ क्षेत्रको कटान रोक्नका लागि आफूले पहल गर्ने आएको बताउनुहुन्छ । पूर्व उपप्रधानमन्त्री रावलले सरकार बनेपछि वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि स्थानीयको सुझाव सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ सुदूरको महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा परिचित छ । तर वुढीगंगा नदीको कटानका कारण कुरुप बन्दै गएको छ । कटान रोक्नको लागि भएका पहल पनि प्रभावकारी बन्न सकेका छैन् । त्यसकारण धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि यस क्षेत्रका जनप्रतिनिधीको ध्यान जान आवश्यक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com