ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० वर्ष नाघेको सवारी साधन हटाउन बागमती प्रदेशको निर्देशन, व्यवसायीको विरोध


abc

 

काठमाडौं ९ जेठ । बागमती प्रदेश सरकारले २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन दिएको छ।

प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै २० वर्ष पुराना सार्वजनिक सवारी साधन र ३० वर्ष नाघेका विद्युतीय सवारी साधनलाई पत्रु गर्न ९कवाडी बनाउन० निर्देशन दिएको हो।

बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ ९४० मा विद्युतीय सवारी साधनहरू दर्ता भएको मितिले ३० वर्ष र अन्य सार्वजनिक सवारी साधन २० वर्ष नाघेपछि पत्रु गर्नुपर्ने व्यवस्था गरेको छ।

यसै व्यवस्थालाई आधार बनाउँदै मन्त्रालयले सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रचलित कानुन बमोजिम सवारी साधनको हालसम्म तिर्न र बुझाउन पर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्ने कार्य सम्पन्न गर्नुहुन सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो।’

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ ९संशोधित० अनुसार २०७३ सालमै २० वर्ष पुराना सार्वजनिक सवारी साधनलाई पत्रु गर्ने निर्णय गरेको थियो।

यद्यपि उक्त निर्णयले पूर्णता पाउन सकेको थिएन। यसपछि समेत विभागबाट विभिन्न चरणमा सोही विषयलाई लिएर छलफल एवम् कार्यान्वयन गर्ने प्रयासहरू भए।

यसरी विभागबाट पटक–पटक प्रयास भइरहेकोमा आइतबार भने प्रदेश मन्त्रालयबाटै सूचना जारी गरिएको हो।

प्रदेश सचिव अस्मान तामाङका अनुसार पुराना सवारी साधनहरूबाट बढी वायु र ध्वनी प्रदूषण हुने, दुर्घटनाको जोखिम बढी हुने र यात्रुहरूको सुरक्षालाई समेत धरापमा राख्ने हुनाले यस्ता सवारी साधनहरूको व्यवस्थापनको लागि सूचना जारी गरिएको हो। उनले यिनै विषयलाई लिएर जनताहरूबाट पनि धेरै गुनासो आएको बताए।

‘अझै बोर्डिङ स्कुलहरूले यस्ता सार्वजनिक सवारी साधन बढी प्रयोग गरिरहेको गुनासो छ। यस्तो समस्यालाई जतिसक्दो छिटो समाधान गर्नुपर्छ। त्यसैका लागि प्रदेशअन्तर्गतको ऐनअनुसार सूचना जारी गर्यौं,’ उनले भने, ‘सूचनालाई नकार्ने वा बेवास्ता गर्नेहरूलाई सम्बन्धित निकायसँगको सहकार्यमा कारबाही गर्नेछौं।’

२० वर्ष पुराना सवारी साधनको नवीकरण र बीमा नहुने हुँदा यस्ता सवारी साधन कतिको संख्यामा छ भन्ने यकिन छैन। तर बागमती प्रदेशममा मात्रै करिब पाँच हजार सवारी साधन दर्ता मितिले २० वर्ष नाघेको हुन सक्ने अनुमान छ। यसमा सार्वजनिक बस, माइक्रो, ट्याक्सी, टेम्पो लगायत पर्छन्।

पुराना सवारी साधनको नवीकरण नहुने हुँदा यसबाट आउने राजस्व समेत सरकारले गुमाउनले प्रदेश सचिव तामाङको भनाइ छ। साथै बीमा नहुँदा यात्रुहरूको सुरक्षा धरापमा रहेको उनी बताउँछन्।

पत्रु गरिनुपर्ने पुराना सवारी साधनहरू प्राविधि दृष्टिबाट उपयुक्त देखिएमा त्यसलाई विद्युतीय तथा वातावरण मैत्री सवारीमा रुपान्तरण गर्न सकिने व्यवस्था पनि कानुनले दिएको छ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ ९५० मा लेखिएको छ, ‘प्राविधि दृष्टिबाट उपयुक्त देखिएमा उपदफा ९४० बमोजिम पत्रु गरिने सार्वजनिक सवारीलाई विद्युतीय तथा वातावरण मैत्री सवारीमा रुपान्तरण गर्न सकिनेछ।’

यातायातसम्बद्ध व्यक्तिहरूले भने यो निर्णय गलत भएको भन्दै विरोध गरिरहेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई भन्छन्, ‘यो गलत निर्णय र सूचनालाई प्रदेश सरकारले नसच्याउने हो भने बागमती प्रदेश सहित देशभरीका करिब ८ हजार सवारी साधनहरू क्रमशः विस्थापित हुँदै जानेछन्। देशका एक लाखभन्दा बढी आश्रित परिवारमा प्रत्यक्ष असर पर्नेछ।’

लामो समयदेखि विवादित बनिरहेको यो विषयमा यातायात क्षेत्रमा आवद्ध श्रमिक, स्वरोजगार र व्यवासयीहरूले विभिन्न विकल्पमा जानुपर्ने बताउँदै आएका छन्।

‘फलामको आयू हुँदैन। सवारी साधनको आयू तोक्नु हुँदैन। २० वर्षे नीतिलाई हटाउनुपर्छ भनिरहेकै अवस्थामा यस प्रकारको सूचना जारी गर्नु भनेको हामी व्यवासयी र श्रमिकहरूको पेटमा लात हान्नु सरह हो,’ उनले भने, ‘सवारी साधनको यान्त्रिक परीक्षण गरी त्यसको अवस्था हेरेर चल्न दिनुपर्छ।’

कुनै पनि सवारी साधनको यान्त्रिक र प्रदुषण चेकजाँच ९भेहिकल फिटनेस टेस्ट० गरी त्यसको अवस्था बुझेर मात्रै चलाउन उपयुक्न नभए पत्रु गर्न स्वीकार्य हुने उनको भनाइ हो। अवस्था ठिक भएका सवारी साधनलाई चल्न दिनुपर्ने भन्ने उनको तर्क छ।

सरकारकै नीतिका कारण २० वर्ष पुराना गाडीहरूको नवीकरण नभएको उनी बताउँछन्। ‘हामीले नवीकरण गर्छौं भन्दा समेत पाइरहेका छैनौं। सार्वजनिक सूचनाले २० वर्ष पुराना सवारी साधनले कर नतिरेका कारण पत्रु गर्न खोजेको भन्ने बुझिन्छ। तर त्यस्तो होइन। नवीकरण गर्न कार्यालयहरूले नमानेको हो।’

पुराना सवारी साधनहरू विस्थापन नै गर्ने हो भने सवारी साधनको मूल्यांकन गरी सहुलियत दिएर अर्को सवारी ल्याउन दिने व्यवस्था गरिनुपर्नेमा समेत उनले जोड दिए।

उनी भन्छन्, ‘२०७४ सालदेखि सरकारका सबै ढोकाहरू ढक्ढक्याइसकेका छौं। सबै समस्याहरू पटक–पटक भनिसकेका छौँ’। तर, सरकारले आफ्नो काम गरी छाड्यो। अब हाम्रो काम हामी गर्छौं। यातायात व्यवसायी, स्वरोजगार, रोजगार श्रमिकहरू अब सडकमा आउछौं, सडकबाटै यस विषयको छिनोफानो हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर

सम्बन्धित

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

पृथ्वी राजमार्गमा कालोपत्र सुरु

प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com