ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा विमानस्थल निर्माणका लागि सर्वेक्षण सुरु, हर्षित स्थानियबासी


admin

धनकुटा, १७ माघ । धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न विस्तृत सर्वेक्षणको काम सुरु भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशक पछि सर्वेक्षणको काम सुरु भएसंगै स्थानीय उत्साहित भएका छन्।

वि.सं. २०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चलेको धनकुटाको बेलहारामा ५२ बर्ष पछि विस्तृत सर्वेक्षणको काम सुरु भएको हो।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण सुरु गरेका हुन्।

टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणको स्थलगत अध्ययन गरिसकेको छ । पहिलो चरणबाटै टोपोग्राफि सर्बेगरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि आवश्यक जमिनको सर्वेक्षण गरी मन्त्रालयमा पेस गर्ने ईन्जिनियर गुरु दत्त अधिकारीले जानकारी दिए । उनले भने, ‘सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेस गरी ६ महिनाभित्र डिपिआर तयार हुनेछ।’

(धनकुटाको बेलहारा)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा २०७३ सालमा मन्त्रीपरिषद् बैठकले विमानस्थल बनाउने सैद्धान्तिक सहमति दिएसंगै धनकुटामा विमानस्थल निर्माणको बाटो खुलेको थियो।

पटक पटकको सर्वेक्षणमा उपयुक्त देखिएको धनकुटाको बेलहारामा विमानस्थल निर्माण गर्न मन्त्रालयको सैद्धान्तिक सहमति आवश्यक पर्ने भन्दै नागरिक उड्डयान प्राधिकरणले थपकार्य अगाडि बढाउन सकेको थिएन।

तर, स्थानियको पटक पटकको डेलिकेशन पछि २०७३ साल माघ ९ गतेको मन्त्रीपरिषद बैठकले बेलहारामा विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पूर्व सभासद हेमराज भण्डारीले जानकारी दिए।

विगत पाँचवर्ष अघि नै बेलहारा डाँडामा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार अध्ययन गरि सिफारिस गरेको थियो। प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गरि विमानस्थल निर्माणका लागि योग्य भनी सिफारिस गरेको हो।

त्यसबेला धनकुटा नगरपालिकाको फौजेटार, महालक्ष्मी नगरपालिकाको घुमाउने र छथर जोरपाटी गाउँपालिकाको मुड्के आहालेको पनि सर्वेक्षण भएको थियो । तर धनकुटाको बेलहारा प्राविधिक हिसाबले उपयुक्त रहेको निष्कर्ष सहितको सिफारिस पत्र मन्त्रीपरिषद्मा पेस भएर स्वीकृति भएको थियो।

तर, त्यतिबेला साना विमानको लागि मात्रै संर्बेक्षण भएको भन्दै स्थानीयले मध्यमस्तरको विमानस्थल निर्माण गर्नुपर्ने माग राखेपछि पुन सर्बेक्षण गरिएको हो।

मध्यमस्तरको विमानस्थलनिर्माण गर्दा ४० देखि ५० घर विस्थापित हुने बताइएको छ। उनीहरुको पुर्नवासको लागि धनकुटा नगरपालिका सहित धनकुटाका स्थानीयतह, प्रदेस सरकार र केन्द्रिय सरकारसंग पहल गरी ब्यवस्थापन गरिने धनकुटा ९ का वडाध्यक्ष सन्दीप रायमाझीले बताए।

विमानस्थल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरका केही भाग र धनकुटा तथा तेह्रथुम जिल्लाका सबै सर्वसाधारणलाई सुविधा पुग्ने बताइएको छ। यो प्रस्तावित विमानस्थल विराटनगर वाट २२ तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकल माईल टाढा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com