ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्यान्नको होलसेल मूल्य घट्यो ,खुद्रा बजार महँगो


एबीसी न्यूज
बैशाख ३०, २०८० शनिबार  ८ : १४ बजे

 

काठमाडौं वैशाख,२९ । बजारमा उपभोग्य वस्तुको मागमा शिथिलता देखिन थालेसँगै होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् ।

बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब र स्रोतमै वस्तुको मूल्य घटेका कारण खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ताहरु बताउँछन् ।

दैनिक प्रयोगको चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्य वस्तुको मूल्य होलसेलमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट बञ्चित भएको हुनसक्ने होलसेल व्यवसायीहरु बताउँछन् । होलसेल खाद्यान्न व्यापार गर्ने व्यवसायीहरुकाअनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य होलसेलमा सस्तो भएको छ ।

नेपाल खुद्रा व्यापार संघको मासिक बजार मूल्य बुलेटिनले पनि मूल्य घटेको देखिन्छ । तर, किराना पसलहरुले होलसेलको दाबीअनुसार मेलखाने परिमाणमा वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप लगाउँछन् ।

खाद्यान्नका होलसेल व्यवसायी एवम् टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जया फुँयालका अनुसार बजारमा धेरै खपत हुने जिरा मसिनो चामलको मूल्य बोरामै ३ सय रुपैयाँले मूल्य घटेको छ । फागुनमा २ हजार ३ सय रुपैयाँ पर्ने यस्तो चामलको होलसेल मूल्य अहिले २ हजार रुपौयाँमा झरेको छ ।

यो भनेको किलोमा १२ रुपैयाँसम्म मूल्य घटेको उनले बताए । यस अघिप्रति किलो ९२ रुपैयाँ पुगेको चामलको मूल्य अहिले घटेर ८० रुपैयाँमा झरेको छ । यस्तै २५० रुपैयाँ लिटरमा बिक्री भइरहेको सूर्यमुखी तेलको मूल्य लिटरमै ७० रुपैयाँले घटेर १८० रुपैयाँमा झरेको छ ।

सोयबिन तेलको मूल्य २४० रुपैयाँबाट घटेर १४५ रुपैयाँमा होलसेल कारोबार भइरहेको छ । ४ हजार २ सय रुपैयाँ पर्ने प्रतिबोरा मैदाको मूल्य ३२ सय रुपैयाँमा झरेको छ यो भनेको किलोमा २० रुपैयाँको गिरावट हो । मुसुराको दालको मूल्य प्रतिकिलो ७ रुपैयाँले घटेर १२८ रुपैयाँमा झरेको छ । यस अघि १३५ रुपैयाँ किलोमा मुसुराको दाल होलसेल बिक्री हुन्थ्यो ।

१३० रुपैयाँ किलोमा बिक्री हुने सुजीको पिठोको मूल्य किलोमै २० रुपैयाँले घटेर ११० देखि १९० रुपैयाँसम्ममा झरेको छ । यो भनेको किलोमै १० रुपैयाँ भन्दा बढी सस्तो हो । मासको दाल २ देखि ३ रुपैयाँ र चिनी ४ रुपैयाँले किलोमा बढेको छ । मोटा मन्सुली चामल चाहिं किलोमा ५ रुपैयाँले बढेको छ ।

होलसेल व्यवसायीहरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले पनि बजारमा खाद्यान्नको मूल्यमा गिरावट आएको जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठकाअनुसार दाल, चामल, तेल, पिठोका परिकारको मूल्य ४० प्रतिशतसम्मले घटेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावट र उत्पादकको मूल्य र लागत घट्नु र बजारको आर्थिक चक्र मिलाउनका लागि पनि होलसेलहरुले मूल्य घटाइरहेको उनले बताए । ‘व्यापारीहरु पनि बजारमा हिसाब मिलाउन जसरी पनि नगदमा सामान बिक्री गर्ने दबाबमा छन् । यसले मूल्य घट्ने नै भयो,’ अध्यक्ष श्रेष्ठ थप्छन्, ‘अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेको छ ।’

अर्का होलसेल व्यवसायी ओमप्रकाश बंशलकाअनुसार महँगी अब बिस्तारै आरालो लागेको छ । उपभोक्तामा क्रयशक्ति घट्दा बजारमा छाएको मन्दीले पनि मूल्य आरोलोको चक्र सुरु भएको उनले बताए ।

बजारमा कुनै वस्तुको अभाव नभएको र बिस्तारै अन्तर्रािष्ट्रय बजारमा पनि मूल्य घटेका कारण बजार मूल्य घटेको उनको बुझाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा पनि बिस्तारै मूल्य घटेन थाल्यो । होलसेलले पनि सामान राखेर भन्दा पनि बिक्री गरेर नगद कारोबारका लागि मूल्य घटाउन थाले’ बंशलले भने ।

होलसेल बजारमा खाद्यान्नको मूल्य घटेको तर किराना तथा खुद्रामा भने यसको प्रभाव नपरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चले जनाएको छ । मञ्चले गरेको बजार अनुगमनमा पुरानै अधिकतम खुद्रा मूल्यका आधारमा ती खाद्यान्नहरु बिक्री भइरहेका कारण होलसेलले कटौती गरेको मूल्यबाट उपभोक्ता लाभान्वित नभएको पाइएको अध्यक्ष माधब तिमल्सिनाले बताए ।

‘होलसेलमा मूल्य घटेको छ, तर खुद्रामा भने पुरानै खुद्रा बिक्री मूल्य देखाएर खाद्य वस्तु बिक्री भइरहेको छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘सरकारी अनुगमन पनि फितलो भयो, उपभोक्ता पनि सचेत हुनु पर्ने देखियो ।’

केन्द्रीय बजार अनुगमनकारी निकाय वाणिज्य विभागले भने खुद्रा बजार मूल्यबारे गुनासो नभएको जनाएको छ । विभागले उपलब्ध जनशक्तिहरुबाट नियमित अनुगमन गरिरहेको भन्दै सूचना अधिकारी होमनाथ भट्टराईले भने, ‘होलसेलमा घटेको र खुद्रामा खाद्यान्नको मूल्य नघटेको बारे कुनै गुनासो छैन । होलसेल व्यवसायीले नै मूल्य घटेको भनेपछि खुद्रामा घट्नु पर्छ, अनुगमन हुन्छ ।’

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरकाले पनि होलसेलबाट केही खाद्यान्नको मूल्य घट्न थालेको बताए । ‘सबैको होइन केही खाद्यान्नको मूल्य घट्न थालेको छ,’ उनले भने, ‘दाल, तेल, चामलमा यस्तो देखिएको छ । होलसेलमा घटेपछि खुद्रा नघट्ने हुनै सक्दैन । यहाँ झन धेरै प्रतिस्पर्धा छ । घटेको मूल्य उपभोक्तामा प्रसार हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com