ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय गन्तव्यको प्रचारका लागि महोत्सव


एबीसी न्यूज
माघ १८, २०७४ बिहीबार   ११ : १६   बजे

 

पाल्पा, १८ माघ ।   पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८, बरादीस्थित धार्मिक पर्यटकीय गन्तव्य महामृत्युञ्जय शिवासनधामको प्रचार प्रसारका लागि महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव हुने भएको छ ।

महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म श्री शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव–२०७४ सञ्चालन गरी करिब तीनलाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको हो ।

महायज्ञमार्फत धार्मिक चेतना फैलाउने, धर्म जागरण ल्याउने र धार्मिक पर्यटनको विकास गर्ने प्रमुख उद्देश्यका साथ महोत्सव सञ्चालन हुने मूल समितिका अध्यक्ष ज्योति पण्डित विष्णुप्रसाद बस्यालले बताउनुभयो ।

महोत्सवका असवरमा भागवत अलंकार पदवी विभूषित प्रखरवाचक पण्डित नेत्रप्रसाद पराजुलीले प्रमुख वाचक र १००८ स्वामी विवेकानन्द सरस्वती महाराज पावन सान्निध्यद्वारा कथा वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्यालले बताउनुभयो ।

महोत्सवको अवधिमा पितृमोक्ष तथा राष्ट्र«शान्तिको कामना गर्ने हेतुका साथ ११ करोड दीप प्रज्वलन, ११ लाख महामृत्युञ्जय मन्त्रजप, तगा हवन कार्यक्रम, सवालाख गायत्री मन्त्रजप, शत रुद्रीपाठ, गोदान विशेष कार्यक्रम, नवग्रह, शान्ति, कालसर्प, योग शान्ति, पितृदोष शान्ति, दैनिक योग ध्यान एवम् जीवन जिउने कला प्रशिक्षण, ज्योतिष तथा वास्तु परामर्श, सामूहिक व्रतबन्ध, विवाह, चौरासी पूरा आदि कार्यक्रम रहेको शिवासनधामका अध्यक्ष माधव बस्यालले बताउनुभयो ।

महोत्सवको पहिलो दिन माघ २१ गते १० बजे कलश यात्रा र १ बजे उद्घाटन हुने आयोजकले जनाएका छन् ।

यहाँको शिवको ध्यान आसनमा रहेको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्तिका रुपमा लिइँदै आएको छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवको मूर्ति स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीय बासिन्दा भगवान भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group