ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब विज्ञापन बोर्डमा पनि सञ्चार माध्यम दर्ता हुनुपर्ने


एबीसी / संवाददाता
बैशाख २९, २०८० शुक्रबार  ७ : १६ बजे

काठमाडौँ, २९ वैशाख । सरकारले सञ्चार माध्यमलाई विज्ञापन बोर्डमा पनि दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। हाल सूचना विभागमा सञ्चार माध्यमहरू दर्ता हुने गरेका छन् ।

विज्ञापन नियमन ऐन २०७६ मा संशोधनमार्फत् सरकारले ‘विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सी तोकी बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने’ व्यवस्था राखेको हो ।

यसअघि विज्ञापन बोर्डमा विज्ञापन एजेन्सीहरू मात्र दर्ता हुने गरेका थिए । सरकारले ऐनमा संशोधनमार्फत् सञ्चार माध्यमलाई समेत दर्ता गर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

प्रतिनिधिसभामा दर्ता भएको केही नेपाल ऐनको संशोधनमा हाल सञ्चालनमा रहेका विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम समेत ऐन लागु भएको एक वर्षभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको हो ।

बोर्डले सञ्चार माध्यम तथा एजेन्सीको वर्गीकरण गर्ने व्यवस्था समेत विधेयकमा छ ।

सरकारी विज्ञापन दिने तयारी स्वरूप सरकारले विज्ञापन बोर्डमा सञ्चार माध्यम दर्ताको व्यवस्था गर्न लागेको हो ।

त्यस्तै, केही नेपाल ऐन संशोधनमार्फत् सरकारले अनलाइन सञ्चार माध्यम दर्ताको व्यवस्था समेत गरेको छ । छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गर्दै अनलाइन सञ्चार माध्यम दर्ता गर्ने व्यवस्था गरेको हो ।

सरकारले अनलाइन सञ्चार माध्यमको व्याख्या समेत गरेको छ ।

“पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गिकार गरी इन्टरनेटको माध्यमबाट संकेत, चिन्ह, अक्षर, आवाज, ग्राफिक्स, गीत, संगीत, भिडिओ, एनिमेसन तथा विभिन्न बहुमाध्यम (मल्टिमिडिया) को प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने प्रक्रिया वा माध्यम सम्झनु पर्छ,” विधेयकमा उल्लेख छ।

विधेयकले सञ्चार माध्यम दर्ताका लागि स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com