काठमाडौं, १७ माघ । सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउनु भनी आदेश दिएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले सो आदेश जारी गरेको हो । भत्तपुरको कटुन्जे वडा नं. २ , हाल सूर्वविनायक नगरपालिका वडा नं. ५ अन्तर्गत रहेका एक दर्जन बढी घरधुरीलाई असर पर्नेगरी डोजर नचलाउन आदेश दिएको हो ।
सो विषय यथावत राखी छलफलमा आउन सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार जोशी तथा डिभिजन सडक कार्यालयलाई छलफलका लागि बोलाईएको छ ।
बरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता अनन्तराज लुईंटेलले बुधबारको बहसका क्रममा स्थानीयवासीमाथि संविधान, कानुन र अदालतले स्थापित गरेको मापदण्ड विपरित जवर्जस्तीपूर्ण ढंगले जनताको आवाशको अधिकारमा खलल पु¥याउने काम गरेकोले तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।
सूर्यविनायक न.पा. वडा नं. ५ बस्ने इन्दिरा न्यौपाने सहितका टोलबासीले सवोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा ५ नं. वडा कार्यालयले २०७४ माघ ३ गते गैर कानुनी पत्र पठाई डिभिजन सडक कार्यालयलको हवाला दिएर जोशी टोलमा सूचना टासेको विषय उल्लेख गरिएको छ ।
‘हामी टोलबासीलाई आतंकीत गराएकाले सो विषयमा के भएको रहेछ भनी विपक्षी डिभीजन सकड कार्यालय भक्तपुरमा गई सामुहिक रुपमा माघ ७ मा निवेदन दर्ता गराई आफ्नो कुरा राख्न खोज्दा हामीहरुको कुरै नसुनी जबर्जस्ती रुपमा सडक विस्तारको काम अघि बढाइने र सो को लागि आवश्यक परिपत्र समेत भइसकेको र तत्कालै उक्त कार्य थालनी हुने सम्मको धम्की दिएकाले बाध्य भई अदालतमा उपस्थित हुनुपरेको पनि उनीहरुले सोमबार दायर गरेको रिट निवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्