ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँचीमा बालिघरे प्रथा कायमै


admin
माघ १७, २०७४ बुधबार  ४ : ४३ बजे

अर्घाखाँची, १७ माघ । वरिपरि सल्लै सल्लाले घेरेको जंगल, बिचँमा सानो टिन लगाएको छाप्रोमा विहानै देखी आफनो नियमित काम गर्दै थिए, पाणिनी गाउँपालिका ६ धातिवाङ्गका बुद्धिबहादुर विश्वकर्मा ।

पाणिनी गाउँपालिका ६ धातिवाङ्गको दुर्गम क्षेत्र मानीएको जुखुदीमा विकले आफ्नो पुख्यौली आरन पेसा अझै छाड्न सकेका छैनन ।

१६ वर्षको उमेरबाट सुरु गरेका विक अहिले ५८ वर्षका भए, अहिले पनी बाली घरे प्रथामा काम गर्दै आइरहेका विश्वकर्माको जीवन आरनमै बित्ति सक्यो । परिवारमा आर्थिक अवस्था निकै कमजोर र घरको वातावरण राम्रो नभएका कारण बाल्यकालदेखि नै कष्टमय ढंगले पुख्र्याैली आरन पेशा गरिरहेका विश्वकर्माको अहिले पनि दैनिक छाक टार्न धौँ–धौ नै पर्ने गर्छ ।

पढ्ने सोच त थियो तर घरको आर्थिक अवस्थाले दिएन, विश्वकर्माले भने । ‘दिनभर फलामको विभिन्न औजार बनाई वर्षको एक पटक बाली उठाउँदा डोकेभागमा एक डोका मकै र ३ पाथीमा धान, गँहु, दिने गर्छन, परिवार पाल्नै मुस्किल छ बाली घरे प्रथा अहिलेसम्म नै गाउँ घरमा कायमै छ’, उनले भने ।

सानो छाप्रो मुनी बसेर निरन्तर रुपमा आरन चलाईरहेका उनको हात पटपट फुटेको छ, हातमा ठेलै ठेला उठ्छन, तैपनि उनको त्यो पेशा नगरी जीवन र परिवार चल्दै न । आफ्नो पुख्यौली पेशा कसरी छोड्नु उनी भन्छन– ‘यो नै जीवन चलाउने र परिवार पाल्ने आधार हो ।’

जति पीडा भएपनि कहिले काटिएला दिन भनी ठेला उठेको ती हातले निरन्तर फलाम पीटीरहन बाध्य छन् विक । फुर्सद छैन, शिथिल भैरहेको जीऊ, निरन्तर आगोको रापसँगै तातेको फलाम पीटेर थोपा थोपा पानीका धारा झै चुहीरहेको पसीनाले भिजीरहेको शरीर जती दुःख कष्ट खेप्नु परेतापनि आफ्नो पुख्यौली पेशा प्रति विक प्रतिवद्ध छ ।

यसरी आरनको काम गरेको ज्यालाले बिहान बेलुका हात मुख जोर्न र एक छाक टार्न धौ–धौ भएको बताउँछन । जसो तसो आरनकै कमाइले उनले अहिले सम्म पाचँ जनाको परिवार पालेको बताए । उनी मात्र होईन उनलाई आफनो श्रीमतीले पनी सहयोग गर्छिन । घर नजिकै रहेको आरनमा बिहान ६ बजे झिसमिसेमै पुग्छन ।

आरन चलाएर जीविकोपार्जन गर्नु विक जातको पुख्र्यौली पेशा हो । तर अचेल आधुनिकतासंगै यो पेशा लोप हुँदै गईरहेको छ, उनले भने । विशेष गरेर ब्यवसायिकतामा आधुनिकता र जीवनशैलीमा नै परिवर्तन आएकाले पनि यस्तो हुन गएको पाईन्छ ।

अहिलेका युवाहरुले यस्तो पेशा छोड्दै गएका कारण यस जातिले अवलम्बन गर्दै आईरहेको पुख्र्यौली पेशा हराउँदै गएको उनको भनाई छ । ‘कतिञ्जेल आरनमा बसेर जिविकोपार्जन गर्ने ? बिहान बेलुका छाक टार्न समेत धौ–धौ हुन्छ’, उनले भने ।

कहिले फेरिन्छ गरिबीको जुनी ? आफ्नो र सन्तानको भविष्य निर्माण गर्न निकै मुस्किल गरिरहेको अधिकांश दलित समुदायहरु बताउँछन् ।

यसरी वर्षभरी १५० घरको काम गरेवापत हरेक घरबाट दुई चार पाथी मकै लिएर पाचँ जनाको परिवार पाल्दै आएको विकले बताए । राज्यले अरु पेशा ब्यवसायलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाई दिए उनीहरुको जीवन पनि सुधार गर्न सहज हुने थियो विकले भने ।

उनी आरन पेशा मात्र होईन साविकको धातिवाङ्ग गाविस ९ वडाको स्थानिय नेता पनी हुन । २०५४ सालको स्थानिय तहको निर्वाचनमा कांग्रसले टिकट नदिएपछी स्वतन्त्र उठेर वडा अध्यक्ष जितेका हुन, उनी कांग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधी आईरहन्छन । उनी हरेक योजनाहरुमा उपभोक्ता समितिको पदमा पनी बस्छन र काम सम्पन्न गराउँछन, पढाई लेखाई कम भएपनी समाजका काममा पछी हट्दैनन ।

उनीमात्र होईन उनी जस्ता दर्जनौले बालिघरे प्रथामा नै आरन पेशा चलाईरहेका छन । अझै जिल्लाका गाउँघरमा बालि दिएर नै आरनबाट बन्ने हसिँया, बन्चरा, कोदाला, कोदाली तथा फलामजन्य सामाग्रीहरु बनाईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com