ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोफसलका ‘आँखा बा’


एबीसी / संवाददाता
चैत्र १२, २०७९ आईतबार  ८ : १२ बजे

चितवन, १२ चैत । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन् । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन् । उनको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ ।

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो । भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उनलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ । नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन् ।

विसं २०४२ मा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुन् । तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति संघमार्फत विसं २०४४ मा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो । सुरुवातका दिनमा तिनै समाजसेवीले मासिक एक हजार र पछि एकमुष्ट पाँच हजार संकलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो । लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा विसं २०६० पछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुन् ।

सुरुवातीदेखि नै समूहमा उहाँ रहे पनि जुन समयदेखि उनले नेतृत्व सम्हाले, अस्पतालले ठूलो सफलता हात पार्यो । विसं २०६० मा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो । समाजसेवी मास्के भन्छन्, “विसं २०६७ बाट अस्पताल आफैँ खर्च धान्ने अवस्थामा पुग्यो ।” यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक तीन लाख नाघेको छ ।

विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिएका मास्केले विसं २०४२ देखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताए । नेपाल नेत्रज्योति संघको संस्थापक सदस्य मास्के संघको कोषाध्यक्ष, उपसभापति, दुईपटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्‍याए । सो संघको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के हाल पनि संघको केन्द्रीय सदस्य छन् । ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्‍यो । उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन ।

उनले भने, “मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा ११ करोड हाराहारी रकम संकन भएको थियो ।” सभापति हुनुअघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छाड्दै गर्दा छ सय पुगेको उनी बताउँछन् । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो सङ्ख्या आठ हजार पुर्‍याउन सकेकामा उनलाई गर्व छ । उनको निरन्तरको साथका कारण अहिले बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

अस्पतालको दुई उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए । अहिले उपचार केन्द्रको यो सङ्ख्या १४ पुगेको छ । तीनवटा थप गर्ने तयारीमा छ । उनले स्मरण गरे, “म सभापति हुँदै गर्दा दुई विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो सङ्ख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित एक सय ५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।” अस्पतालमा एमडी अध्ययन गर्नेमात्रै नौ चिकित्सक छन् भने तीन जनाले ‘फेलोसिप’ गरिरहेका छन् । नेत्र सहायक र स्नातकसमेत अध्ययन–अध्यापन हुँदै आएको छ । अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् ।

जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्वपूर्ण योगदान छ । उहाँकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरंग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उनी बताउँछन् ।

आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङकङ, बैंककलगायतका सहरमा पुगेका छन् । उनलाई एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मानसमेत गरिसकेको छ । नेपाल नेत्रज्योति संघ केन्द्रीय समितिले स्थापना दिवसका अवसरमा उहाँलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गर्दै छ । स्वयंसेवीहरूलाई पहिलोपटक यो अवार्ड दिन लागिएको हो ।

संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको ‘आँखा बा’को उपमा दिन सकिने बताउँछन् । उनले भने, “उहाँको इमान्दारिता र खटाइका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो ।”

एक व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गरेका छन् । उनले भने, “जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com