ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद


एबीसी / संवाददाता
चैत्र १२, २०७९ आईतबार  ६ : २१ बजे

काठमाडौँ, १२ चैत । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मंसिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।

“प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मंसिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मंसिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका २६ हजार र पाँच सय दरको चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ ।

साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा एक हजार दरको चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुंगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

विस्थापित परिवारका बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com