ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबारे के सोच्छ अमेरिकी जासुसी संयन्त्र ? चीनका सात गतिविधिले अमेरिकालाई खतरा


abc

काठमाडौं । अमेरिकाको जासुसी संयन्त्रले हरेक वर्ष खतरा मूल्यांकन प्रतिवेदन संसदसमक्ष पेश गर्नुपर्छ। सन् २०२३ का लागि जासुसी संयन्त्रले औंल्याएका खतराबारेको प्रतिवेदन अमेरिकी सदनमा पेश भएको छ।

संसदमा जासुसी संयन्त्रको प्रतिवेदन पेश गर्ने अभ्यास दुई दशकअघिदेखि सुरु भएको हो। बढ्दै गएको चीन र रूसी आक्रामकता, इरानको आणविक महत्वाकांक्षा र बढ्दै गएको संगठित अन्तर्राष्ट्रिय अपराध अमेरिकाका लागि खतरा रहेको प्रतिवेदनमा औंल्याइएको छ। अमेरिकी राष्ट्रिय खुफिया संयन्त्रकी निर्देशक एभ्रिल हेन्सले यसपटक सदनमा प्रतिवेदन पेश गर्दै सम्भावित खतराबारे विस्तृत र चिन्ताजनक विषय उठान गरेकी छिन्।

सदन समक्ष प्रतिवेदन पेश गर्दै एभ्रिलले चीन नै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अतुलनीय चुनौती र खतरा रहेको बताएकी छिन्। ‘हाम्रो राष्ट्रिय सुरक्षाका लागि चीन नै अतुलनीय चुनौतीका रूपमा रहेको छ’, उनको भनाइ छ।

जासुसी संयन्त्रको प्रतिवेदनमा सी जिनपिङको द्वन्द्वात्मक दृष्टिकोण चीनको सैन्य, आर्थिक र प्राविधि क्षमताको विस्तार नै अमेरिकाका लागि चुनौतीपूर्ण रहेको उल्लेख छ।

त्यस प्रतिवेदनमा चीनमा रहेका घरेलु समस्याले अमेरिकालाई थप्ने जटिलतबारे भने उल्लेख छैन। विज्ञहरूका अनुसार चीनमा देखिने समस्याले चीनलाई मात्रै अप्ठ्यारोमा पार्ने भन्ने हुँदैन। यसले विश्वलाई नै विचलित बनाउन सक्नेछ।

पेकिङ विश्वविद्यालयमा वित्तीयताबारेका प्राध्यापक माइकल पेटिस भन्छन्– ‘चीनको आन्तरिक मामिलाले चीनलाई मात्रै होइन विश्वलाई नै विचलित बनाउन सक्छ त्यसैले यी विषयमा चासो राख्नैपर्थ्यो।’

अमेरिकी सदनसमक्ष पेश भएको वार्षिक प्रतिवेदनमा चीनका सात गतिविधिले अमेरिकालाई खतरा रहेको औंल्याइएको छ। प्रतिवेदनको पृष्ठ पाँचदेखि पृष्ठ ११ सम्म चीनले अमेरिकालाई निम्त्याउने चुनौतीबारे चर्चा गरिएको छ। जसमा सात विषय समावेश भएका हुन्।

प्रतिवेदनका अनुसार चीनले क्षेत्रीय र विश्व मामिलामा बढाउँदै गएको प्रभाव, साइबर क्षेत्रमा बढाएको लगानी, स्पेसमा नयाँ प्रविधिको थालनी, आणविक हतियारका प्रविधिमा विस्तार, सैन्य क्षमतामा दिएको ध्यान र प्रभुत्व विस्तार अमेरिकाका लागि खतरा रहेको उल्लेख छ।क्षेत्रीय र विश्व मामिलामा सी नेतृत्वको चीनले प्रभुत्व विस्तार गर्दै लैजाने प्रतिवेदनको ठहर छ। यसले अधिनायकवादी शक्तिको विरोधी पक्षधरहरूलाई कमजोर बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ। ‘सी नेतृत्वको चीनले पूर्वी एशिया, मध्यपूर्व र अफ्रिका सहितका अन्य क्षेत्रमा प्रभाव विस्तार गर्दा अधिनायकवादी चरित्रका विरोधी पक्षधरहरू कमजोर बन्नसक्छन्’, प्रतिवेदनमा उल्लेख छ। सन् २०२३ मा बेइजिङले ताइवानमाथि थप दबाव बढाउने र यसले अमेरिकामाथि चुनौती थप्ने प्रतिवेदनमा भनिएको छ।

‘बेइजिङ ताइवानमा सफल भएमा यसले कन्डकटर र विश्व शान्तिमा असर पुर्‍याउनेछ’, प्रतिवेदनको अंश छ।यस्तै, बीआरआइ मार्फत चीनले आफ्नो प्रभुत्व बढाउँदा पश्चिमा राष्ट्रहरूलाई थप बढी चुनौती थपिने प्रतिवेदनमा भनिएको छ। यस्तै चीनले सैन्य शक्ति बढाउँदै जाँदा पनि अमेरिकामाथि चुनौती थपिने उल्लेख छ।‘चीनले हतियारको प्रविधिमा व्यापक सुधार गर्दै हतियार खरिदको संख्या उल्लेखनीय मात्रामा घटाएको छ। उन्नत हतियारको उत्पादनले अमेरिकाको अर्थतन्त्र र सुरक्षामा चुनौती थप्नेछ’, प्रतिवेदनमा भनिएको छ।

यस्तै चीनले स्पेसमा विस्तारै प्रगति गर्दा त्यस क्षेत्रमा पनि अमेरिकालाई उछिन्ने स्थिति देखापर्दै गएको छ। ‘स्पेसमा चीनको प्रगति अमेरिकाको प्रभुत्वलाई चुनौती दिनु हो। सन् २०४५ भित्र यस क्षेत्रमा अमेरिकालाई पछि पार्ने चिनियाँ लक्ष्य छ’, प्रतिवेदनमा उल्लेख छ।प्रतिवेदनका अनुसार अर्थतन्त्रमा मात्रै होइन चीनबाट राजनीतिक सवालमा पनि अमेरिकालाई चुनौती छ। ‘सैन्य मामिला र उत्पादनका क्षेत्रमा चीन अझै बलियो बन्दै गएमा अमेरिकाको भूराजनीतिक प्रभुत्वमा थप चुनौती आउनेछ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

सम्बन्धित

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ९८ पुग्यो, करोडौँको सम्पत्ति नष्ट

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३३ पुग्यो, ९ सय जति घाइते भएको अनुमान

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा

१५ वर्षदेखि भारतीय सुरक्षा संगठनले खोजी गरिरहेका दिनेश विराटनगरमा एक वर्षदेखि ढावा चलाइरहेका थिए

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com