ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले दिए कडाईकासाथ संयुक्त बजार अनुगमन गर्न निर्देशन


एबीसी न्यूज
चैत्र ९, २०७९ बिहीबार  ५ : ०९ बजे

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजार अनुगमनलाई तिब्रता दिन निर्देशन गरेका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

‘राजश्व छलि नियन्त्रणसम्बन्धि जति पनि नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गर्दै उनले बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस् । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् ।’

आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन निर्देशन दिँदै उनले छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहन नहुने उनले बताए । ‘अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको पनि गर्नेगरि व्यवस्था मिलाउनुस् ।’ उनले भने

छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरू उपस्थित थियो ।

छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

डोजरको आवाजमा दबिएको मानवीय पीडा

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com