ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवा बजार पसेपछि…


एबीसी / संवाददाता

कुश्मा, ९ चैत । पर्वतको कुश्मा बजारमा बुधबार बिहानै चितुवा देखा पर्‍यो । चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे ।

पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्यो । त्यसपछि छेउमा अवस्थित ओमबहादुर रेग्मीको पहेँलो घरको भान्छा कोठामा पस्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भइसकेका थिए । घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा साँचो लगायो ।

“करिब तीन घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ”, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले भने, “कुनै पनि अप्रिय घटना हुन पाएन । पोखरा वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ ।”

चितुवा हेर्न आउनेको भीड हटाउन प्रहरीलाई मुस्किल परेको थियो । डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनुपरेको थियो ।

“हामीले भेटेरिनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ”, वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, “भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्क्याएपछि चितुवा खोरमा पस्यो । बेहोस नबनाइकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ ।”

नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिए । “भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्रमा राख्ने सोचेका थियौँ । तर, त्यो पोथी चितुवा रहेछ । हामीसँग पोथी चितुवा भएकै स्थितिमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्रमा राख्न सक्दैनौँ”, उनले भने ।

चितुवाका कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ । डेढ वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । दुई हप्ताअघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर, उक्त चितुवा जिउँदो नभएर मरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com