ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडमा


एबीसी न्यूज

पोखरा, ८ चैत्र । होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडबाट सञ्चालनमा आएको छ । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको हो ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो ।

विविध कार्यक्रमका साथ पौवाले शाखा संचालनको औपचारिक शुभारम्भ गर्न लागेको हो । शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते औपचारिक उदघाटन गर्नेछन ।

शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्यो । तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन् ।’ ज्ञवाली भने ।

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले थपे, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफुहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं । हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं ।’

पोखरामा पौवाको प्रवेश

सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा हो । पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको जनाइएको छ । प्रबन्ध निर्देशक ज्ञवालीले भने ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११ औं शाखाको रुपमा पोखरामा करिब १० करोड लगानी गरेको जनाएको छ ।

पौवा पोखरामा यस्ता छन सुविधा

पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ । सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवन ९कतबतभ या बचत०मा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ«े र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

होटलमा दुई वटा सेमिनार हल र कन्प«mेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ । पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे ।

पौवाले चौबिसै घन्टा आतिथ्य सत्कारको सेवा दिएको छ । पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले पोखरा अन्तराष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने÷लैजाने ट्रान्सफरको सुविधा रहेकोे छ । ‘हामीलाई बिश्वास छ पोखरा पौवामा आउनुहुने आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्य सत्कार सहितको सेवामा कुनै कमी हुन दिदैनौ ।’ अध्यक्ष भण्डारीले प्रतिवद्धता व्यक्त गरे ।

पौवा पोखराले मात्र ५० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रुपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको रुपमा लिएका छौ । आउँदै गरेको नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुट सहितको प्याकेज सेवा उपलब्धको तयारमा पौवा गु्रपले तयारी गरेका छौं ’ उनले भने ।

मिशन १०० को यात्रा निरन्तर……

हामीले नै हो सुन्दर देश नेपाललाई विश्वभर चिनाउने । नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ ।

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा अहिले पोखरामा आइपुगेको हो । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि ११ औ शाखाका रुपमा पोखराको गन्तब्य तय गरेको छ ।

‘नेपालीको प्रकृतिसँगै रम्दै नेपालीपनको आतिथ्य सबै पर्यटकलाई दिनका लागि पोखरामा नआउँदा केही कमी हुनेछ भन्ने लागेपछि नै हाम्रो टिमले पोखरामा पौवा ग्रुपको प्रवेश गराएको हो’, अध्यक्ष भण्डारी भन्नुभयो, ‘देश पर्यटनबाट समृद्ध बन्छ भन्ने सोचकै कारण पर्यटन क्षेत्रमा पौवाको आक्रमण बिस्तारमा जुटेका छौ ।’,

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको रहेको छ । पौवा अब गण्डकी प्रदेशको राजधानी पोखराबाट संघीय राजधानी काठमाडौंमा प्रवेश गर्न लागेको छ । मन्दिरहरुको शहर काठमाडौमा यसै आर्थिक वर्षभित्र प्रवेश गर्दैछ । नेपाल प्रवेशको प्रमुखस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नजिकै, हिन्दुहरुका आरध्यदेव पशुपतिनाथको समिपमा पौवाले आफ्नो सेवा विस्तार गर्दैछ, जहाँबाट सबैखाले पर्यटकहरुलाई अझ उत्कृष्ट आतिथ्य सेवा प्रदान हुनेछ । त्यसैगरी मानसरोवर कैलास यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पनि पौवाले सेवा विस्तार गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com