ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको पर्खाईमा रुरुधाम


admin
माघ १५, २०७४ सोमबार  ४ : ०६ बजे

पाल्पा, १५ माघ । नेपालकै चारधाममध्य पर्ने ऐतिहासिक धार्मिक रुरुधाम क्षेत्र ओझेलमा परेको छ ।पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलका रुपमा रहेको पवित्र कालीगण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व अपार रहे पनि सो क्षेत्र ओझेलमा परेको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ३० किलोमिटर पश्चिममा रहेको रुरु क्षेत्र पौराणिक मान्यताअनुसार रुरु कन्याले तपस्या गरी उनलाई सधैँका लागि त्यस स्थानमा बस्न बाध्य बनाएको भन्ने कथन रहेको छ । यस रुरु क्षेत्रमा कालीगण्डकी किनार नजिकै पुरानो ऋषिकेश मन्दिर छ । उक्त मन्दिर यहाँ रहेकाले पनि यसको महिमा र धार्मिक महत्व बढेको हो ।

रुरु क्षेत्रमा ऋषिकेश मन्दिर परिसरमा विभिन्न देवीदेवताका मूर्तिसमेत रहेका छन् । यहाँ विशेष गरेर माघेसङ्क्रान्तिमा वर्षेनी ठूलो मेला लाग्छ । माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशीलगायतका पर्वमा नदीमा स्नान गर्नेको घुइँचो लाग्छ ।

नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकी भएकाले पनि रुरु क्षेत्रको धार्मिक महत्व अझ बढेको स्थानीयवासी श्रीराम रेग्मी बताउनुुहुन्छ ।

रुरु क्षेत्रमा विवाह, व्रतबन्धलगायत काम यहीबाट सम्पन्न हुन्छ । ऋषिकेश मन्दिरमा भक्तजनको ठूलो चहलपहल हुनेगर्छ । स्थानीयवासी प्रकाश श्रेष्ठका अनुसार यात्रुले गाडीबाटै रुरुधामको भ्रमण गर्ने गरेका छन् ।

सवारी साधन गुड्ने पक्की बाटो भएकै कारण अहिले सो क्षेत्र ओझेलमा परेको श्रेष्ठको भनाइ छ । यसको गुरुयोजना बनाएर आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com