ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको पर्खाईमा रुरुधाम


admin
माघ १५, २०७४ सोमबार  ४ : ०६ बजे

पाल्पा, १५ माघ । नेपालकै चारधाममध्य पर्ने ऐतिहासिक धार्मिक रुरुधाम क्षेत्र ओझेलमा परेको छ ।पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलका रुपमा रहेको पवित्र कालीगण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व अपार रहे पनि सो क्षेत्र ओझेलमा परेको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ३० किलोमिटर पश्चिममा रहेको रुरु क्षेत्र पौराणिक मान्यताअनुसार रुरु कन्याले तपस्या गरी उनलाई सधैँका लागि त्यस स्थानमा बस्न बाध्य बनाएको भन्ने कथन रहेको छ । यस रुरु क्षेत्रमा कालीगण्डकी किनार नजिकै पुरानो ऋषिकेश मन्दिर छ । उक्त मन्दिर यहाँ रहेकाले पनि यसको महिमा र धार्मिक महत्व बढेको हो ।

रुरु क्षेत्रमा ऋषिकेश मन्दिर परिसरमा विभिन्न देवीदेवताका मूर्तिसमेत रहेका छन् । यहाँ विशेष गरेर माघेसङ्क्रान्तिमा वर्षेनी ठूलो मेला लाग्छ । माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशीलगायतका पर्वमा नदीमा स्नान गर्नेको घुइँचो लाग्छ ।

नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकी भएकाले पनि रुरु क्षेत्रको धार्मिक महत्व अझ बढेको स्थानीयवासी श्रीराम रेग्मी बताउनुुहुन्छ ।

रुरु क्षेत्रमा विवाह, व्रतबन्धलगायत काम यहीबाट सम्पन्न हुन्छ । ऋषिकेश मन्दिरमा भक्तजनको ठूलो चहलपहल हुनेगर्छ । स्थानीयवासी प्रकाश श्रेष्ठका अनुसार यात्रुले गाडीबाटै रुरुधामको भ्रमण गर्ने गरेका छन् ।

सवारी साधन गुड्ने पक्की बाटो भएकै कारण अहिले सो क्षेत्र ओझेलमा परेको श्रेष्ठको भनाइ छ । यसको गुरुयोजना बनाएर आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com