ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की


एबीसी / संवाददाता
चैत्र ३, २०७९ शुक्रबार  ९ : ४५ बजे

काठमाडौँ, ३ चैत । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन विस्तार गर्नका लागि न्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउनुपर्ने बताएका छन् ।

बार काउन्सिल नेपालले आज आयोजना गरेको ‘अभिवक्ताको ३०औँ परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीका लागि सञ्चालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा उनले न्यायाधीशको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको बताए ।

“न्यायालय सुधारमा लागिपरे पनि न्यायाधीशको सङ्ख्या कमी भएका कारण गति लिन सकेको छैन”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “मुद्दा बढ्ने तर न्यायाधीशको सङ्ख्या कमी हुने स्थितिबाट अदालत गुज्रनुपरेको छ, जटिसक्दो छिटो न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने जरुरी छ ।”

न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावी गर्दै उहाँले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीलाई आग्रह गरे ।

“हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौँ, हामीलाई अहिले मुद्दाले धेरै जितेको छ, न्यायाधीशको सङ्ख्या कम छ”, उनले थपे, “हामीले चाहेर पनि नहुने स्थिति भएको छ, उच्च अदालतमा एक चौथाइ न्यायाधीश पूर्ति गर्न सकिएको छैन, सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ, यो स्थितिमा अहिले हामी हिँडिरहेका छौँ ।”

न्याय ढिलाई नहोस् र न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका उल्लेख गर्दै उनले दुरदराजका मान्छेले अदालतमा आउँदै र अनि पालो आएन भनेर फर्किँदै जाने स्थितिको अन्त्य गर्नका लागि मुद्दाको पेसी सूची कम्युटरबाटै हेर्न गरी सूचना प्रविधिको विकास गर्न लागेको जानकारी दिए ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई ‘अटोमेसन सिष्टम’मा लैजान खोजे पनि स्रोतसाधनको अभावका कारण त्यो कामलाई अघि बढाउन कठिनाई भइरहेको स्पष्ट पारे । उनले सक्षम न्यायालयको विकासका लागि २१ दिने ‘एडभान्स’ तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नौ सय १० जना तालिममा सहभागी भएका छन् । काठमाडौँबाट छ सय १० तालिम सहभागी छन् । न्याय परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञवालीका अनुसार यो २१ दिने एडभान्स तालिम प्रारम्भ गरेको यो पहिलो पटक हो । अब बार काउन्सिलले यस्तो तालिम सञ्चालन गर्नेछ । कानुन व्यवसायीलाई सक्षम बनाउने कार्यमा यसले सहयोग गर्नेछ भन्ने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com