ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीको बगर सदुपयोग गरि पचास लाख आम्दानी


admin
माघ १५, २०७४ सोमबार   ३ : ०३   बजे
(उखु रोप्न बगरमा मल हाल्दै कृषक)

कञ्चनपुर, १५ माघ । नदीको बगरमा उखुखेती गरी कञ्चनपुरका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।

पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उखुखेती गरेका छन् ।

बगर अहिले उखुखेती कारण हराभरा भएको छ । लालझाडीका गंगाराम चौधरीले भन्नुभयो, “गतिलो आम्दानी हात पर्दा आर्थिक रुपमा सक्षम भएका छौँ ।”


किसानलाई उखुखेती गर्नतर्फ डो-याउनका लागि नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । उखुको बजारीकरणका लागि स्थानीय एग्रोभेट, सहकारी, चिनीमिलसँग समन्वय र सहकार्य गरिँदै आएको छ ।

एमरेड परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार सन् २०१५ मा ६७ बिघा बगरमा सात हजार ७५ क्विन्टल, सन् २०१६ मा ४१ बिघामा ११ हजार ७०७ र सन् २०१७ मा १०१ बिघामा १२ हजार ४५० क्विन्टल उखु उत्पादन भएको थियो । सन् २०१८ मा १६ हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ ।

वनहरा, स्याली, सुनवरा, मछेली र दोदा नदीको बगरमा गरिएको उखु खेतीबाट सन् २०१५ मा रु २६ लाख २६ हजार, सन् २०१६ मा रु ४४ लाख ७६ हजार र सन् २०१७ मा रु ४९ लाख ८० हजार आम्दानी भएको थियो । चालू आवमा बगरमा उखुखेती गर्दै आएका किसानले रु ५२ लाखभन्दा बढी आम्दानी गर्न सफल हुने बताइएको छ ।

उखु बाली विस्तार र प्रवद्र्धनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले महाकाली चिनीमिल, उखु उत्पादक किसान हकहित संरक्षण समिति, स्थानीय सहकारी र कृषि विकास कार्यालयसँग लिखित सम्झौता गरी उखु खेतीको तालीम र कृषिऔजार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group