ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रधानमन्त्री प्रचण्ड


एबीसी / संवाददाता
फाल्गुन २४, २०७९ बुधबार  ६ : ४४ बजे

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डको यस्तो जबाफ आएको हो ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारे ।

“अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा–परिचर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे । मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताको बारेमा धेरै पहिलेदेखि चर्चा÷परिचर्चा हुने गरेको पनि छ । मुस्ताङमा अमूल्य खनिज पदार्थ छन् । र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रोसेस मात्रै हामीले ठिक ढंगले गर्न सक्यौँ भने सयौँ वर्षका लागि नेपालीहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन्,” उनले भने ।

एमाले अध्यक्ष ओलीको नाम नलिइ प्रधानमन्त्री प्रचण्डले आफूले सो चर्चाको विषयमा कसैलाई आरोपप्रत्यारोप गर्ने पक्षमा नरहेको बताए ।

“हामी नेपालीहरूलेभन्दा विदेशीहरूले अघि बढी मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढी जानकारी राख्छन् भन्ने पनि तपाई हामीले सुन्दै आएको पनि हो । हिजोआज एउटा चर्चा भएको पनि तपाईंहरूले सुन्नु भएको छ मुस्ताङकै विषयमा । र, मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीयबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ,” उनले भने, “तर, नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन । तर, जे भए पनि मुस्ताङको चर्चा यतिधेरै किन गर्छन् । मैले अन्त जान खोजेको होइन । मैले कसैलाई आरोप र प्रत्यारोप गर्न खोजेको पनि होइन । तर, मुस्ताङको चर्चा यति धेरै किन हुने गरेको छ । र, मुस्ताङको चर्चा आउनेबित्तिकै अलि बढी हामी नेपालीहरू संवेदनशील किन हुने गर्छौँ भन्दा हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता वस्तुहरू, यस्ता खनिजहरू छन् ।”

उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरू बढी जानकार रहेको आफूले सुनेको बताए ।

प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com