ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ : सभामुख घिमिरे


एबीसी / संवाददाता
फाल्गुन २४, २०७९ बुधबार  ६ : २१ बजे

काठमाडौँ, २४ फागुन । सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा उनले नेपाली महिला आन्दोलनमा योगदान गर्ने अग्रजप्रति पनि विशेष सम्मान र श्रद्धा अर्पण गरेका छन् ।

“जनआन्दोलनसहितका विभिन्न आन्दोलन र अभियानले नेपालमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गरेको छर्लंग छ”, सभामुख घिमिरेले सन्देशमा भनेका छन्, “आधाभन्दा बढी जनसङ्ख्या रहेका महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ दशमलव दुई प्रतिशत महिला निर्वाचित हुनुहुन्छ भने संघीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति छ ।”

उनले सामाजिक बनावटले वर्षौंदेखि महिलालाई पछाडि पारिए पनि राजनीतिक चेतना र हाम्रा आन्दोलनको परिणामस्वरूप राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा महिलाले सफल नेतृत्व प्रदान गरिसकेको उल्लेख गरे ।

महिला माथिको विभेदलाई आफ्नै आमा, दिदीबहिनी वा छोरीविरुद्धको अपमान हो भन्ने बुझ्न सके सामाजिक असमानतासमेत हट्ने बताउँदै सभामुखले भने, “अहिले पनि महिलामाथि हुने सामाजिक विभेद, अन्याय र हिंसाले समाज ग्रसित छ । महिलालाई राजनीतिक, आर्थिक र सामाजिकरूपमा मूल प्रवाहमा ल्याउन चेतना अभिवृद्धि गर्न जरुरी छ ।”

उनले यस दिवसले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com