ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यलम्बर उद्यान अन्तिम चरणमा


एबीसी / संवाददाता

खोटाङ, २१ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा ११ करोड ५८ लाख १६ हजार लागतमा किराती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इञ्जिनियर राजन पुँडासैनीले जानकारी दिए । “निर्माणाधीन यलम्बर पार्कको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ”, उनले भने, “अहिले यलम्बरको शालिक राख्ने ठाउँको काम गरिरहेका छौँ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।”

निर्माणाधीन यलम्बर पार्कमा आव २०७६÷७७ मा नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेण्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना यसअघि उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठुलो हुने दाबी गरिएको छ ।

पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर उद्यानभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा उपलब्ध हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभएको छ । चोभारको मञ्जुश्री उद्यान शैलीमा निर्माण सुरु गरिएको पञ्चदोबाटोको यलम्बर उद्यान उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।

पार्कमा राखिने किराती प्रथम यलम्बर राजाको शालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले बताए । “भक्तपुरस्थित निकोसेरामा तीन रोपनी जग्गा भाडामा लिएर दक्ष कालीगढलाई शालिक निर्माणको काम लगाएका छौँ”, उनले भने, “ निर्माणाधीन यलम्बर उद्यानमा स्थापना गरिने फाइवर प्रयोग गरेर निर्माण गरिने यलम्बर राजाको सय फिट अग्लो शालिकको अहिले टाउको बनाउने काम भइरहेको छ । आगामी चैत मसान्तसम्म पार्क निर्माणस्थलमा ल्याएर स्थापना गरिसक्छौँ ।”

नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत राखिएको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्नेगरी दुई पक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवातजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष राईले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोस्रो ठूलो व्यापारिक केन्द्र एवं शुक्रबार हटिया लाग्ने ऐतिहासिकस्थल पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर उद्यानको काम करिब १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । तीस रोपनी सरकारी जग्गामा निर्माण सुरु गरिएको यलम्बर उद्यान व्यवस्थित तथा आधुनिक किसिमको हुने नगरपालिकाले जनाएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको उद्यान निर्माणको काम सुरु गरिएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताए । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण सुरु गरिएको यलम्बर उद्यान नगरपालिकाको आम्दानीको स्रोतको रुपमा विकास गर्ने गरी निर्माण सुरु गरिएको हो ।

आफ्नो क्षेत्रमा किराती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । किरात ऐतिहासिकस्थल बुइपामा किराती राजा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको पार्क निर्माण भएपछि पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।

हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको सो उद्यानमा हलेसी आउने पर्यटकलाई घुमाउन ल्याउन सकिने जनाइएको छ । यलम्बर उद्यानदेखि किरात सभ्यताको उद्गमथलो हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्गसमेत निर्माण गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।

सरकारले निर्धारण गरेको सय पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर उद्यानलाई महत्वका साथ हेरिएको छ । पञ्चदोबाटोमा निर्माणाधीन अवस्थामा रहेको उद्यानमा राखिएको जोडी वाबु (चिण्डो) निक्कै आकर्षक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऊर्जामन्त्री बन्दै शक्ति बस्नेत

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

सम्बन्धित

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक अभिलेख राख्ने

हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु निलम्बित

खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य

जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दंग

पर्यटकको रोजाइ बन्दै पटिहानी

ताप्लेजुङमा साथीले चलाएको बन्दुक पडकिँदा एकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com