ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत


एबीसी न्यूज
फाल्गुन २१, २०८२ बिहीबार  ७ : २१ बजे

विराटनगर । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा १ लाख ६ हजार मत खसेको छ।

झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका थिए। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको मतमध्ये ५६ हजार ९७२ महिला र ४९ हजार ४ सय पुरुष मतदाता रहेका छन्। समग्रमा यो सहभागिता करिब ६५.११ प्रतिशत हाराहारी हो।

जिल्लाभर उत्साहजनक मतदान

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर प्रारम्भिक अनुमानमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको देखिएको छ।

जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालका अनुसार विभिन्न मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा सहभागिता अपेक्षाकृत उत्साहजनक देखिएको हो। “प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ,” उनले जानकारी दिए।

झापा–५ मा उच्चप्रोफाइल उम्मेदवारहरूको प्रतिस्पर्धाका कारण सुरुदेखि नै मतदाताको चासो केन्द्रित थियो। अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ, जहाँ यस क्षेत्रको राजनीतिक सन्देश स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले देशको गरिमा राखेनन ः नेकपा सांसद, महर भिडियो

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

सम्बन्धित

इरान संकटको अन्त्य कसरी गर्ने ?

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com