ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरोज उपाध्यायले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष


एबीसी / संवाददाता

काठमाडौँ, २१ फागुन । काठमाडौँको शंखमुलस्थित एक क्याफेबाट खसेर मृत्यु भएका सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको क्याफेको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटनाभन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालका सहोदर भाइ उपाध्यायले क्याफेबाट हाम फाल्नुको कारणबारे केही खुलेको छैन । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उनी तीन दिनदेखि लगातार सोही क्याफेमा जाने गरेको रहस्य पनि खुलेको छ । उपाध्याय बिहान १० बजेतिर क्याफेमा पुगेर दिउँसो २/३ बजेसम्म क्याफेमै बस्ने गरेका थिए । उनी प्रत्येक दिन क्याफेको छैटौँ तलामा गएर बस्ने गरेका थिए ।

प्रहरी स्रोताका अनुसार उनले त्यहाँ अरू कोही मान्छे लिएर जाने गरेका थिएनन् । दुई दिनअघि मात्र उनले सञ्चालकलाई ‘आफूलाई क्याफे मन परेको’ पति बताएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ एवम् सोही पार्टीका केन्द्रीय सदस्यको आर्थि अवस्था पनि त्यति नाजुक नरहेपनि पारिवारिक समस्या हुनसक्ने आंकलन प्रहरीको छ । उनले शनिबार क्याफेमा पुगेर मःम अर्डर गरेका थिए । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार खाँदै गरेको प्लेटमा २ वटा मःम बाँकी थिए ।

क्याफेको छतबाट खसेपछि घाइते भएका उपाध्यायलाई स्थानीयले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा निधन भएको हो ।

पेशाले इञ्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com