ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो


एबीसी / संवाददाता

ताप्लेजुङ, २० फागुन । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर, फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहरजन्यवस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन् ।

पदमार्गमा यसरी फोहर बढ्नुमा पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण भएको सामाजिक अभियन्ता रमेश दाहालले बताए। “नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेयपदार्थका खोल तथा मोजा फालेर जथाभावी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध संघसंस्थाका साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ”, उनले भने । धार्मिक तथा पर्यटकीय क्षेत्रमा यसरी जथाभावी फोहर फाल्नाले यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पुग्ने दाहालको भनाइ थियो ।

पदमार्गमा जम्मा भएको फोहरको उचितरुपमा व्यवस्थापन नभएको पाथीभरा दर्शनका लागि आएका विष्णुप्रसाद आचार्यले बताए। “अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी छ, तर यहाँ त्यस्तो केही देखिएन, यसमा सबैको ध्यान जान आवश्यक छ”, उनले भने । उनका अनुसार बस्ती आसपासमा पनि घरबाट निस्कने फोहरको संकलन र व्यवस्थापन नभएको देखिएको छ । यात्राका क्रममा विभिन्न ठाउँमा टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लाष्टिकजन्यवस्तु यत्रतत्र देखिएको आचार्यको भनाइ थियो । यस क्षेत्रका व्यापारले समेत जथाभावी फोहर फाल्ने गरेको उनले बताए । पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहजन्यवस्तु अत्यधिक देखिएको पाथीभरा दर्शन गरेर फर्किएका एक दर्शनार्थीले बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेडपान्डासहितका वन्यजन्तु पाइन्छन् । यसलाई लोपोन्मुख हाब्रे (रेडपान्डा) को चरन र उचित बासस्थानका रुपमा लिने गरिएको छ । यसरी यस क्षेत्रमा फोहर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाले बताएका छन् । फोहरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन् ।

यहाँ मासुजन्य फोहरका साथै खानेकुराहरु जथाभावी फाल्दा त्यहाँ कुकुर पुग्ने र रेड पान्डा कुकुरको आक्रमणमा पर्ने खतरा बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । “जथाभाबी खानेकुरा र मासुजन्य फोहर फाल्दा कुकुरहरु आउने जाने र त्यो समयमा रेडपान्डा आक्रमणमा पर्ने समस्या देखिन्छ, कुकुरकै आक्रमणले पाथीभरा क्षेत्रमा रेडपान्डा मरेका घटना पनि छन्”, उनले भने ।

मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्ने गर्नाले भुस्याहा कुकुरहरु आउने र रेडपान्डालाई आक्रमण गर्ने गरेको राईले बताए । यस क्षेत्रका व्यवसायीले जथाभावी कुकुर पाल्न नहुने तथा फोहर पनि व्यवस्थित तरिकाले संकलन गर्नुपर्ने उनको भनाइ थियो ।

कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रुपमा फोहर संकलन गनुपर्नेमा स्थानीयवासीले जोड दिए । फोहरले वातावरण र प्रकृतिमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको उचित व्यवस्थापन हुन नसकेको यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । फोहरको उचित व्यवस्थापन भएमा दैनिक सयौँको सङ्ख्यामा पाथीभरा आउने धार्मिक पर्यटकलाई सहज हुने उनीहरुको भनाइ थियो ।

यहाँको फोहर व्यवस्थापनका लागि पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए । “ठाउँठाउँमा डस्टबिन राख्ने, समय–सयममा कर्मचारी खटाई सरसफाइ गर्ने गरिएको छ । यहाँ आउने जाने तीर्थयात्रीले प्रायः डस्टबिनको प्रयोग नगरेको पाइन्छ, फोहर गर्नु हुँदैन भन्ने चेतना सबैमा हुनुपर्छ, सीमित व्यक्ति र संस्थाको मात्रै प्रयासले पुग्दैन्”, उनले भने । पछिल्लो समय हिउँ परेकाले पनि फोहर उठाउन समस्या भएको अध्यक्ष थेबेको भनाइ थियो ।

वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने आफूहरुको प्रयास निरन्तर हुने समितिका उनले बताए । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरका छन् । नेपालसहित भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । विशेषगरी दसैँको समयमा भक्तजनको भीड लाग्ने गर्दछ । माघदेखि बैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य यामका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

सम्बन्धित

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com