ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला सांसदका आवाज सञ्चारमाध्यमको प्राथमिकतामा परेन : सभामुख घिमिरे


एबीसी / संवाददाता
फाल्गुन १९, २०७९ शुक्रबार  ९ : १५ बजे

काठमाडौँ, १९ फागुन ।  सभामुख देवराज घिमिरेले संसद्‌मा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले सञ्चारमाध्यमले विषयभन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर प्राथमिकतामा राख्ने गरेको बताए ।

‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसद्‌मा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ उनले भने, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा चाहिँ प्राथमिकताका साथ आउँछन् ।’

सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन सके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गरे । उनले संघीय संसद्ले विगतमा महिला सांसदहरुका लागि सञ्चार सम्बन्ध विस्तारका लागि कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए ।

सभामुख घिमिरेले संसद रिर्पोटिङमा पत्रकार महिलाहरुको उपस्थिति कम रहेको बताउँदै सञ्चारसँग सम्बन्धित संस्थाहरुले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको बताउँदै सरोकारवाला निकायलाई छलफल गर्न आग्रह गरे ।

‘सञ्चारसँग सम्बन्धित रोकिएका विधेयक अगाडि बढाउन र समयानूकूल बनाउनेतर्फ पनि तपाईंहरुले गृहकार्य र छलफल गर्न सक्नुहुन्छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल ऐनका कतिपय दफाहरु संशोधन आवश्यक रहेको भन्दै समयानुकूल बनाउन सभामुखको ध्यानाकर्षण गराए । उनले डिजिटल सञ्चार माध्यमलाई समेत समेट्ने गरी कानून संशोधनमा जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.कुन्दन अर्याल, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारमा महिलाको उपस्थिति र महिला सवालका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com