ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकवार्ता संरक्षणमा जोड


एबीसी / संवाददाता

रामपुर, १४ फागुन । एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ । सात बुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्राडा प्रेमकुमार खत्रीले बताए । “लोक संस्कृतिसँग जीवन जोडिएको छ, हाम्रा गाउँघरमा विभिन्न थरिका संस्कृति छन्”, उनी भन्छन्, “लोककला, भाषाभाषी, लोकसाहित्यलाई संरक्षण तथा उजागर गर्न यस अभियानमा जोडिएका छौँ, यसले समुदायमा रहेका लोकसंस्कृति, कलाको विकास हुनेछ ।”

लोकवार्ता सबैभन्दा ठूलो सम्पत्ति रहेको उनले जनाउँदै जग्गा, जमिन, धन, सम्पत्ति संकलनमा भन्दा लोकवार्ता संरक्षणमा सबैले पहल गरेमा लोप भएर समुदायबाट विस्थापित नहुने बताए ।

यही फागुन ६ गते पाल्पाको तानसेनमा उद्घाटन गरी सुरु भएको सम्मेलन ११ गते अर्घाखाँचीको सन्धिखर्कमा पुगेर समापन गरिएको हो । सम्मेलनका क्रममा तानसेनमा लोकनृत्य , कार्यपत्र प्रस्तुति र लोकवार्ता विमर्श आयोजना गरिएको थियो । पाल्पाको अर्गलीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, अर्गलीका स्थानीयको आयोजनामा फाउ (फागु), मागल गायन, बाली गायन तथा अभिनयसहित लोकवार्ता विमर्श प्रदर्शन गरिएको थियो । यहाँ महिला समूहद्वारा मागल (मंगल) प्रस्तुत, कृतन मण्डलीले चुट्का भजन, नाचगान, महिला र पुरुषको टोलीले असारमा धान रोप्दा गाइने बाली गीत र त्यसको अभिनयसमेत प्रस्तुत गरिइएको थियो ।

गुल्मीस्थित रिडीको रुरु संस्कृत विद्यापीठमा भएको सम्मेलनमा मगर समुदायको सोरठी, मारुनी, मामाज्युलगायतका नृत्य, नेवार समुदायले लाखेनाच, ब्राह्मणले भजन र गन्धर्वले सारंगीवादन गरेर आफ्नो कला तथा संस्कृति प्रस्तुत, गुल्मीको तम्घासमा मगर समुदायले सति घाँटुनाच, नेवार समुदायले लाखेनाच, ब्राह्मण समुदायले भजन, फागु गीत, स्थानीय महिलाद्वारा एकतारे बाजा प्रदर्शन गरिएको थियो । सम्मेलनका लागि सहभागीले रेसुङ्गासहितका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको अवलोकन गरेका थिए ।

अर्घाखाँचीको सन्धिखर्कमा सहभागी लोकवार्ताविद्ले अर्घाखाँचीको छत्रदेव महाराज कोट दरबार, शिद्धेश्वर धाम, अर्घाभगवती, अर्घा ढुंगो, ठूलीआलमको मन्दिर, मालारानी गाउँपालिकास्थित नरसिंहस्थान र मालारानी मन्दिर, सुपादेउरालीलगायतका स्थानको अवलोकन गरेका थिए ।

परिषद्का सल्लाहकार प्राडा माधवप्रसाद पोखरेलले हाम्रा परम्परा, संस्कृति, संस्कार, लोककला, भाषा, साहित्य दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेको बताए । यसरी देशव्यापीरूपमा सम्मेलन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरी संरक्षणमा चासो बढ्ने उनको विश्वास छ । लोकवार्ता परिषद् लोकवार्ता सिकाउन नभई सिक्नका लागि गाउँगाउँ आएको पनि उनको भनाइ छ ।

“लोकवार्ता भनेको लोकविद्या हो, यो विद्या बाबुआमाले नै आफ्ना छोराछोरीलाई सिकायो भने यसले जीवन्तता पाउनेछ, पश्चिमेली संस्कृतिको प्रभावमा हाम्रा कला, संस्कृति हराउन पुगेका छन्, यिनलाई जोगाउनु हामी सबैको दायित्व हो”, उनले भने ।

कास्की, रुपन्देही, कपिलवस्तु, दैलेख, रोल्पा, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुरलगायतका २२ जिल्लामा पुगेर सम्मेलन गरिसकेको छ । यो सम्मेलन हरेक वर्ष आयोजना हुँदै आएको छ । दसैँ–तिहारको बीचमा आयोजना हुँदै आए पनि यो वर्ष संघ र प्रदेशको निर्वाचनका कारण निर्धारित समय पछाडि भएको हो । नेपालका सबै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता थियो ।

विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोकसंस्कृति, लोकसाहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्को वर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताब छाप्ने काम गरिएको छ । कला, संस्कृतिसहितको संरक्षण गर्दै मूर्त–अमूर्त कला, संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचार–प्रसार गर्ने र त्यसलाई पुस्ककका रूपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

प्रधानमन्त्री प्रचण्डले गरे चुम श्याग्या महोत्सव उद्घाटन (फोटो फिचर)

नेपालमा कन्या शिक्षाः आरोह-अवरोहका ९८ वर्ष

वसन्त श्रवण बिहान १०ः४७ बजे नासलचोकमा

लोकगायिका नीरा छन्त्यालको विमान दुर्घटनामा निधन भएकोमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

प्रचण्ड ‘द्वन्द्ववादी हरिप !’दाहाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com