ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मायाँदेवी मन्दिरमा नयाँ गजुर राखियो


abc

काठमाडौं,१० फागुन । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ ।

सो कोषले दाताहरुका सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्गे र लर्टट्रथ आक्रापास पोङगले आर्थिक सहयोग गरेको कोषले जनाएको छ । दाता मालिनोङ्गे बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापना गरिएको हो । यसअघिको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने तयारी भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वयम्भू स्तुपाको ढाँचामा रहेको गजुर करिब तीन महिना लगाएर तयार पारिएको थियो ।
गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाईएको छ ।
गजुरसँगै बुद्ध जन्मस्मारक ९मार्कन स्टोन० को कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

बुद्धिष्ट अभियानकर्मी राजा शाक्यका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् । आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब रु ६० लाख लगानी लागेको शाक्यले जानकारी दिनुभयो ।

सगहरवामा प्रस्तर मूर्तिकार्यशालाको तयारी

आगामी फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरहवामा गरिने कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ । लुम्बिनी विकास कोषले प्रस्तर मूर्तिकार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्धजीवनीसँग जोडेर विषयस्तुको छनोट गर्न विज्ञ समूहसँग छलफल गरेको हो । बुद्धजीवनसँग जोडेर सगरहवाको कथालाई प्रस्तर ९ढुङ्गा० मा उजागर गर्ने गरी ‘थिम’ निर्माण गर्नुपर्ने विज्ञहरुको निष्र्कष छ । लुम्बिनी विकास कोषमा बसेको विज्ञ समूहको बैठकले मूर्ति निर्माणका लागि सगरहवाको थिम निर्माण गरी अन्य व्यवस्थापकीय काम सम्पन्न गर्ने निर्णय गरेको छ । मूर्तिकार छनोट गर्ने, मूिर्त कार्यशालाको स्थलका लागि पुरातत्व विभाग र स्थानीय सरकारसँग समन्वयन गर्ने, कार्यशालाको लोगो निर्माण गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

कपिलबस्तु नगरपालिका वडा न। ९ मा रहेको सहगरहवालाई केन्द्रमा राखेर प्रस्तर मूर्तीकार्यशाला हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com