ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माघ १८ नेपालमा आउँदै विदेशमन्त्री स्वराज


एबीसी न्यूज

काठमाडौं, १३ माघ । केपी ओलीको सरकारको समयमा विग्रेको सम्वन्धलाई ओलीकै नेतृत्वमा भावि सरकार निमार्ण हुने क्रममा छिमेकी मित्रराष्ट्र भारतले नेपाल संग मजबुत सम्बन्ध कायम गर्ने प्रयास सुरु गरेको छ ।


संविधानमा असन्तुष्टि जनाउँदै नेपालमाथि लगाएको नाकाबन्दीले सम्बन्ध चिसिएको स्वीकार गरेको भारतले त्यसलाई सुधार गर्न आफैले पहलकदमी अघि बढाएको छ । वाम गठबन्धनको नयाँ सरकारसँग सम्बन्ध समधुर बनाउँदै उच्चस्तरको सहकार्य गर्ने नीतिसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउन लागेकी छन । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार बिदेशमन्त्री स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष दुतका रुपमा दुई दिने भ्रमणका लागि आगामी १८ माघमा नेपाल आउने भएकी हुन् । दुतावासले भ्रमणको आधिकारीक जानकारी भने दिएको छैन ।

नयाँ सरकार गठन अगावै विदेशमन्त्री स्वराज नेपाल आउनुलाई भारतले नेपाल नीति फेरेको अनुमान लगाउन सकिने कूटनीतिक विश्लेषकको विष्लेषण छ । नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री स्वराजको एमाले अध्यक्ष ओलीसँग हुने भेटघाटलाई दिल्ली र काठमाडौं दुवैतिर ठूलो महत्व दिएका छन् । यस भेटघाटमा मोदी र ओलीको सम्भावित नेपाल र भारत भ्रमणका विषयदेखि आगामी दिनमा नेपाल–भारत सम्बन्धले लिने दिशाका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा बधाई दिँदै एक महिनामा दुईपटक फोन गरेका भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै नेपाल नीति फेर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

भारतमा बेलायती लडाकु विमानले गर्‍यो आपत्‌कालीन अवतरण

इजरायलसँग हानाहानबीच इरान–चीन फोनवार्ता

बेलायत तेस्रो विश्वको देश बन्दैछ

इरानले आक्रमण गर्दा इजरायलमा ९ जना मारिए, १०० भन्दा बढी व्यक्ति घाइते

अमेरिकामा ट्रम्पविरुद्ध व्यापक विरोध प्रदर्शन, लस एन्जलसमा पुनः कर्फ्यू

इरानले नयाँ प्रविधिको मिसाइल हानेपछि इसराइलमा धेरै क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com