काठमाडौं, ३ फागुन । नेपाल प्रहरीका डिआइजी अशोक सिंह विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। हुँदै नभएको योग्यता देखाइ, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागीर खाएको, नागरिकतामा उमेर सच्याइको भन्दै उजुरी परेको हो ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका उनि हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा प्रहरी नायब महानिरीक्षकपदमा कार्यरत रहेका छन् ।
उनि विरुद्ध विस्तृत छानबिन तथा अनुसन्धान गराई पाऊँ’, उजुरीमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्