काठमाडौँ, २९ माघ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ ।
राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यसअघि, शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो । जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी उपस्थित भएनन् ।
फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ । सत्ता साझेदार दलबीच नै राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन ।



















प्रतिक्रिया दिनुहोस्