ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको सेयरबजारमा साढे १२ अर्बको कारोबार, मौद्रिक नीतिमा भने समेटिएन


abc

काठमाडौं, २८ माघ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१८२.६४ विन्दुमा पुगेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार ९माघ २२ गते० बजार २०९४।५४ विन्दुबाट खुलेर सुरु भएको नेप्से परिसूचक कारोबारको अन्तिम दिन(बिहीबार) आइपुग्दा ८८.१ अंकले बढेर २१८२.६४ विन्दुमा पुगेको छ।

यो साता सेयरबजारमा साढे १२ अर्बको कारोबार भएको छ। सातामा पाँच वटै दिन कारोबार हुँदा १२ अर्ब ४५ करोडको कारोबार भएको हो। पाँच कारोबार दिनमध्ये चार दिन बजार बढ्न सफल हुँदा बुधबार भने ७।१६ अंकले गिरावट आएको थियो। अघिल्लो साता करिब ८० अंकले घटेको नेप्से यो साता ८८.१ अंकले बढेको छ। २ हजार १८२.६४ विन्दुबाट सुरु भएको बजार २२०० विन्दु उक्लिन सकेन। धेरै पटक २२०० प्रतिरोध गरेको बजार सो विन्दु सामना गर्न सकेको छैन। करिब दुई साता अघिदेखि २२०० तोड्न खोजेको बजारलाई बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक रिपोर्टले सपोर्ट नगर्दा बजार सो विन्दु उक्लिन सकेन। यो साताको मध्येतिर बजार बढ्नासाथ लगानीकर्ता नाफा बुक गर्न थालेपछि नेप्से २२०० तोड्न सकेन। शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा गरी सेयरबजारलाई समेटेको छैन्।

१२ करोडको सिमा र भारित जोखिम १५० प्रतिशतको सिमा परिमार्जन हुने हल्लाले लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा देखिए। मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताको पक्षमा भने देखिदैन्। मौद्रिक नीतिमा सेयरबजारको कुरा नसमेटिएपनि अर्थतन्त्रका सकारात्मक सुचकका कारण बजारलाई नरारमत्मक असर नगर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनीयार बताउँछन्।

‘बैंक तथा वित्तीय संस्थामा रहको तरलता, विदेशी विनिमय संञ्चितीमा सुधार र रेमिट्यान्स वृद्धि हुँदै गइरहेको छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको सकारात्म सूचकले बजारलाई सपोर्ट गर्छ।’मौद्रिक नीतिले नसमेटेको बजारलाई सुध्रिदो अर्थतन्त्रले सहयोग पुग्ने रौनीयारको भनाई छ।

समग्रमा यो साता लगानीकर्ताको लागि सेयरबजार सुखद नै थियो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ब्याजदर समेत नचाउन भनेको छ।

बिहीबार नै बैंकर संघले फागुनमा ब्याजदर यथावत राख्ने निर्णय समेत गरिसकेको छ। बैंकहरुको स्प्रेड दर २०७९ चैतमा गएर ४.२ प्रतिशतमा आउनेछ। अहिले बजारलाई फेवरेवल किसिमको कुनै कुराको सम्बोधन भएको छैन्। यसले आगामी बजारको यात्रा साखै सुखद हुने देखिँदैन। यो साता सबैभन्दा धेरै कमाउने र गुमाउनेमा आर्दश लघुवित्तका सेयरधनी रहेका थियो।

कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?

यो साता सेयरबजारमा आर्दश लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाउन सफल थिए।

साताको पहिलो, दोस्रो र तेस्रो दिन उच्च अंकले बढेका कम्पनीको सेयर बुधबार र बिहीबार घटेको थियो। समग्रमा लघुवित्तका लगानीकर्ता यो साता कमाउन सफल भए। हालै नेप्सेमा आईपीओ सूचीकृत गरेपश्चात लघुवित्तको सेयर निरन्तर बढेको थियो।

बुधबार लघुवित्तले २१.०५ प्रतिशत लाभांश घोषणा गर्यो। त्यसपछि लघुवित्तको सेयरमूल्य घटेको हो। कारोबारको पहिलो दिन आइतबार पोखरा फाइनान्सका लघुवित्तले प्रतिकित्ता ३३ रुपैयाँ र सपोर्ट माइक्रोफाइनान्स लघुवित्तका लगानकर्ताले प्रतिकित्ता ४४ रुपैयाँका दरले कमाएका थिए।

सोमबार आर्दश लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता २१२ रुपैयाँ, हिमालयन डिस्टीलरीका लगानीकर्ताले ६४ रुपैयाँ र जनउत्थान लघुवित्तको प्रतिकित्ता ३८ रुपैयाँका दरले कमाए।

मंगलबार पनि आर्दश लघसवित्तका सेयरधनीले सर्वाधिक प्रतिकित्ता २३३ रुपैयाका दरले कमाए। सोही दिन आँधिखोला लघुवित्तका लगानीकर्ताले ५३ रुपैयाँ, आशा लघुवित्तका लगानीकर्ताले ५२ रुपैयाँ र विशाल बजारका लगानीकर्ताले प्रतिकित्ता १६८ रुपैयाँका दरले कमाए।

बुधबार धौलागिरी लघुवित्तका सेयरधनीले सर्वाधिक प्रतिकित्ता ४० रुपैयाँ दरले कमाए। सोही दिन महिला लघुवित्तका १८ रुपैयाँ र नेपाल पुनर्बिमा कम्पनीका सेयरधनीले प्रतिकित्ता १३ रुपैयाँका दरले कमाएका थिए।

बिहीबार आशा लघुवित्तका सेयरधनीले प्रतिकित्ता १५ रुपैयाँका दरले कमाएका थिए। सोही दिन विशाल बजारका लगानीकर्ताले ५६ रुपैयाँ र बोटलर्स नेपाल ९तराई० कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २०० रुपैयाका दरले कमाएका थिए।

यो साता कुन कम्पनीका लगानीकर्ताले गुमाए ?

साताको पहिलो कारोबार दिन आइतबार साल्ट ट्रेडिङ कम्पनी कम्पनीका लगानीकर्ताले सर्वाधिक प्रकिकित्ता सेयरमूल्य ५० रुपैयाँका दरले गुमाए।

सोही दिन आँधिखोला लघुवित्तका लगानीकर्ताले ४१।१ रुपैयाँ, धौलागिरी लघुवित्तका ३९ रुपैयाँ, समिट लघुवित्तका ३६ रुपैयाँ र इस्ष्टर्न हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता २६ रुपैयाँका दरले गुमाए।

सोमबार बाराही हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता २६ रुपैयाँ, मिथिला लघुवित्तका लगानीकर्ताले ४४ रुपैयाँ, वीन नेपाल लघुवित्तका लगानीकर्ताले २० रुपैयाँ, स्वालम्बलन लघुवित्तका लगानीकर्ताले ११ रुपैयाँ र सयपत्री हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता ११ रुपैयाँका दरले गमाएका थिए।

मंगलबार कारोबारमा आएका सबै कम्पनीको मूल्य बढेको हुँदा केही म्युचल फण्ड बाहेक सबै कम्पनीको कारोबार सकारात्मक थियो।

बुधबार आर्दश लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता १३२ रुपैयाँ, सिभिल लघुवित्तको १५ रुपैयाँ, बोटलर्स नेपाल ९तराई०का लगानीकर्ताले ३२१ रुपैयाँ, चन्द्रागिरी हिल्सका लगानीकर्ताले २६ रुपैयाँ र विजय लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता सेयरमूल्य २३ रुपैयाँका दरले गुमाएका थिए।

बिहीबार आर्दश लघुवित्तका लगानीकर्ताले सर्वाधिक प्रतिकित्ता ८५ रुपैयाँ का दरले गुमाए। त्यसैगरी, वीन नेपाल लघुवित्तका लघुवित्तका लगानीकर्ताले २८ रुपैयाँ र गुँरास लघुवित्तका लगानीकर्ताले ३६ रुपैयाँको दरले सेयरमूल्य गुमाउन पुगे।

साताभरी सर्वाधिक कारोबार भएका कम्पनी

आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६.४४ करोड, एनआईसी एशिया बैंकको ५।८५ करोड, नबिल बैंकको ५.७४ करोड र चिलिमे हाइड्रोपावरको ५.०७ करोडको कारोबार भएको थियो।

सोमबार एनआईसी एशिया बैंकको सर्वाधिक ६ करोड ४५ लाखको कारोबार भएको थियो। सोही दिन युनिभर्सल पावर कम्पनीको ५.३५ करोड, नेपाल लाइफको ४.८९ करोडको कारोबार भएको थियो।

मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक १२।९२ करोड, न्यादी पावरको ११.०३ करोड, अपी पावरको ९.३८ करोड र नेपाल लाइफको ८ करोड ३ लाखको कारोबार भएको थियो।

बुधबार नेपाल पुनर्बिमाको सर्वाधिक ११.२८ करोड, अपी पावरको १०।२१ करोड र न्यादी पावरको ८.९५ करोड र एनआइसी एशिया बैंकको ८.१८ करोडको कारोबार भएको थियो।

बिहीबार एनआईसी एशिया बैंकको ६ करोड ४५ लाख, ८ करोड ११ लाख, बिहीबार अपी पावरको ५ करोड ८६ लाख, नबिल बैकको ५ करोड ७३ लाख, न्यादी ग्रुप पावरको ५ करोड ३३ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख, रिडी पावरको ४ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो। समग्रमा यो साता एनआईसी एशिया बैंक, न्यादी पावर र अपी पावर कम्पनीको कारोबार धेरै भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

दमोली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

सम्बन्धित

७३ प्रतिशत नेपालीले बोक्छन् स्मार्ट फोन, इन्टरनेट सुविधा ३८ प्रतिशतमा मात्रै

दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडमा

अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया

वैदेशिक रोजगारीमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com