काठमाडौँ, २४ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीनले बढाई पेट्रोलमा १७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १७५ कायम गरिएको छ ।
वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस्