ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गृहमन्त्रीजी संसद र जनतालाई मुर्ख बनाउने दुस्साहस नगरेको राम्रो’ : कांग्रेस


ABC NEWS

 

काठमाडौं ७ माघ । नेपाली कांग्रेसले सांसद रामहरी खतिवडाले गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लेखेका पत्र सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको शैलीप्रति आपत्ति जनाएका हुन्। गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो।
तिवडाले सरकारले सस्तो लोकप्रियताका लागि कुनै पनि काम नगर्न र नलोभिन ध्यानाकर्षण गराएका छन् । उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने समेत बताए ।

सो विषयमा आपत्ति जनाउँदै सांसद खतिवडाले प्रश्न गरेका छन्, ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो ?

‘फरार’हरू समातिन्छन् मात्र होइन, फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ? गृहमन्त्री लामिछाने

साथै, मन्त्रालयले शुक्रबार निकाले उक्त विज्ञप्ति जनतालाई नाटकको रुपमा प्रस्तुत गरेको टिप्पणी गरे्का छन्। ‘जनता र संसदलाई मुर्ख बनाउन नखोजियोस्,’ खतिवडाले भने।
उनले गृहमन्त्री लामिछानेले अपराधीलाई पक्राउ गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी गरेको आरोप लगाए । ‘जे काम हो, त्यो गरौँ । सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी र मिडियाबाजीमा नलागौँ, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खतिवडाले भनेका छन्, ‘जनताको माझमा अर्को नाटक, प्रहसन नगरौँ । जनतालाई मुर्ख बनाउने काम नगरियोस् । गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन ।’

उनले प्रेस विज्ञप्ति निकादै जाने परम्परा सुरु भएको उनले संवेदनशिल विषयमा केटाकेटीपन प्रदर्शन भएको पनि बताए।

‘प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरुवात भएको छ। यो गृहमन्त्रालयको पदबहाल गर्नुभएका धेरै सांसदहरु यहाँ हुनुहुन्छ,’ सांसद खतिवडाले भने, ‘गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्दै जाने हो भने मुलुक कहाँ जान्छ ? गृहमन्त्री बाल केटाकेटीपनको प्रदर्शन गर्नु भएन ? के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनलाई टेर्न छाडेको हो ? के अझैपनि जनतालाई ढाट्न यो सूचना प्रकाशित गरिएको हो ? सुत्न गएका कर्मचारीलाई बोलाएर विज्ञप्ति निकाल्न लगाएर अपराधी पक्रन सकिन्छ ?

 

‘मिडियाको हेडलाइन बदल्न सक्दिन’ : गृहमन्त्री लामिछाने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । सत्तारूढ गठबन्धनमा अविश्वासको वातावरण बढ्दै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

सम्बन्धित

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com