ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन दलका को को मन्त्री ? जसपाको माग के हो ?


ABC NEWS

 

काठमाडौं ३ माघ । मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका छन् । स्रोतका अनुसरा दिउंसो १ जबे सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयको समय मागिएको छ । सोमबार अबेर रातीसम्म बसेको सत्ता साझेदार दलका नेताहरुले मन्त्रालय बांडफांटलाई अन्तिम रुप दिएका थिए । आवयक केही हेरफेर गर्नु परेमा प्रधानमन्त्रीले गर्न सक्नेछन् गृहमन्त्री रबी लामिछानेले भने । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

कसलाई कति मन्त्री ?
सोमबार राति सकिएको बैठकमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी बनेको छ । जसपालाई दुईवटा मन्त्रालय प्रस्ताव गरे पनि तीनवटा मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ । मंगलबार बिहान गठबन्धनको पुनः बैठक बस्नेछ र आवश्यक परे परिमार्जनसहित मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाइनेछ ।

कसको भागमा कुन मन्त्रालय ?
बाँडफाँटअनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय लिने समझदारी छ । एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको छ । त्यस्तै, माओवादीले प्रधानमन्त्रीबाहेक सञ्चार, संघीय मामिला र पर्यटन मन्त्रालय लिने समझदारी छ । माओवादीले भौतिक योजना मन्त्रालय लिइसकेको छ । रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मा लिइसकेको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । जसपा र नागरिक उन्मुक्तिका लागि वन, कानुन र खानेपानी मन्त्रालय छुट्याइएको छ ।

कुन दलका को–को बन्दै छन् ?
एमाले – प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ । एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बनाउने तयारी छ । त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने स्रोतले जनाएको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन् । त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन् । उनीहरूको विभाग तोक्न बाँकी छ ।

माओवादी – स्सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी – शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ । तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन् । एक राज्यमन्त्रीमा भने डा। तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन् ।

राप्रपा – उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन् । प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ । सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ । खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको हो । सत्ता साझेदार दलहरूले सरकारलाई समर्थन गर्ने दलहरूको सिट संख्याको अनुपातमा बाँडफाँट टुंग्याएका छन् । तर, सरकारलाई समर्थन गर्दै आएको जसपाले बाँडफाँटप्रति असहमति जनाउँदै बैठकको बीचबाटै बाहिरिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार साझेदारमध्येको ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसपालाई दुईवटा मन्त्रालय प्रस्ताव गरे पनि तीनवटा मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ ।

मन्त्रालय बाँडफाँट टुंगो लगाए पनि दलहरूले संख्या, मन्त्रालय र मन्त्रीहरूको नाम सार्वजनिक गरेका छैनन् । मंगलबार बिहान पार्टीमा आन्तरिक छलफल गर्दा मन्त्रालय र नामहरू हेरफेर हुन सक्ने कारण जनाउँदै एकैपटक सार्वजनिक गरिने नेताहरूले बताएका छन् ।

‘हामीले कुन–कुन पार्टीले कुन–कुन मन्त्रालय लिने भन्ने तय गर्‍यौँ, तर त्यसलाई अझ को–को मन्त्रीसहित भनेर मात्रै सार्वजनिक गर्ने समझदारी भएको छ,’ गृहमन्त्री रवि लामिछानेले भने, ‘मंगलबार बिहान आ–आफ्नो पार्टीमा छलफल गरेपछि परिवर्तन पनि हुन सक्ने भएकाले अहिल्यै सबै भन्न सकिँदैन, तर बाँडफाँटका लागि फेरि अर्को बैठक बस्दैन ।’

बैठकले मंगलबार मन्त्रीहरूलाई शपथ गराउने सहमति गरेको र दिउँसो १ बजे शपथका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । ‘मन्त्रालय बाँडफाँट टुंगिएको छ, शपथका लागि मंगलबार दिउँसो १ बजेका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको छ,’ बैठकपछि गृहमन्त्री लामिछानेले भने ।

जसपाले बाँडफाँट अस्वीकार गरे पनि मंगलबारसम्म सरकारमा सहभागी हुने सुनिश्चित भएको अवस्था र लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत सामेल हुँदा मन्त्रालयको संख्या तलमाथि हुन सक्ने उनले संकेत गरे ।

‘१ बजेको शपथअघि नै टुंग्याउँछौँ । एउटै मात्र छैन, तीलगायतका छलफल टुंग्याउँछौँ,’ जसपाको असन्तुष्टिबारे गृहमन्त्री लामिछानेले भने, ‘तर, अब मन्त्रालय बाँडफाँटका लागि बस्नुपर्दैन । सामान्य सल्लाह गर्दा हुने गरी टुंगिएको छ ।’

लोसपाले सरकारमा सामेल हुने निर्णय गरिसकेको छ भने नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका नेता रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सामेल नहुने सर्त राख्दै आएको छ । संख्या र बाँडफाँट गरिएको मन्त्रालय हेरफेर हुँदा आपसी सहकार्य र समझदारीमा सल्लाहमा हुने, तर बैठक भने नबस्ने उनको भनाइ छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको समझदारीअनुसार मन्त्रिपरिषद् विस्तारलगत्तै अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, एकीकृत समाजवादीसहित सरकारलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग बालकोट पुगेर लामो छलफल गरेका थिए । साढे चार घन्टाको छलफलबाट उनीहरूबीच मन्त्रालय बाँडफाँटसहितमा समझदारी जुटेपछि अन्तिम टुंगो लगाउन साँझ बालुवाटारमा संयन्त्रको बैठक राख्ने समझदारी भएको थियो ।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित सरकारको नेतृत्व गरेका छन् । एमालेबाटै मन्त्रीमा नियुक्त दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहको मन्त्रालयको अझै टुंगो लागिसकेको छैन । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै, रास्वपाबाट अध्यक्ष लामिछानेले गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व लिएका छन् । जनमत पार्टीबाट अब्दुल खान मन्त्री छन् ।

जसपा सरकारमा नजाने !
मन्त्रालय बाँडफाँटमा असहमति जनाउँदै जनता समाजवादी पार्टी ९जसपा० सरकारमा सामेल नहुने भएको छ । सोमबार बालुवाटारमा सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बाँडफाँट सम्मानजनक नभएको भन्दै अध्यक्ष उपेन्द्र यादव बैठक नसकिँदै बीचबाटै उठेर हिँडेका थिए । ‘हामी सरकारमा जाने विषयमा समझदारी हुन सकेन,’ अध्यक्ष यादवले भने, ‘साझेदार दलहरूको प्रवृत्ति ठीक लागेन, पहिल्यै सहमति गरेर बचेकुचेको भाग जसपालाई दिन खोजियो, त्यसैले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा हाम्रो सहभागिता हुँदैन ।’

१२ सिट रहेको जसपाले बैठकमा तीनवटा मन्त्रालयसहित उपराष्ट्रपतिमा दाबी गरेको थियो । तर, १४ सिट रहेको राप्रपालाई रोजेअनुसारकै तीन मन्त्रालय दिन तयार हुँदा जसपालाई भने दुई मन्त्रालयमै चित्त बुझाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए । त्यसपछि यो प्रस्ताव स्वीकार्य नहुने भन्दै अध्यक्ष यादव बैठकबाट बाहिरिएका थिए । ‘यो अवस्थामा हामी सरकारमा सामेल हुँदैनौँ,’ उनले भने, ‘सरकारलाई हाम्रो सहभागिताको आवश्यकता परे थप छलफल होला, नत्र हुँदैन, हामी आफ्नै बाटोमा हिँड्छौँ ।’

‘मन्त्रालय बाँडफाँडमा जसपाको असहमति छ,’ जसपा पार्टी प्रचार विभागले भनेको छ, ‘सत्तागठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँडमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ।’

सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा मंगलबार (३ माघ) बिहान बैठक बसेर निर्णय लिने जसपाका एक सांसदले बताए। ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुदैन।’ ती सांसद भन्छन्।

जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी थियो तर उपराष्ट्रपति माओवादीले लिएपछि जसपाले बाँडफाँटमा असन्तुष्टि राखेको हो।

मन्त्रालय भागवण्डा फर्मुला:  ८ सांसद बराबर एक मन्त्री, एमाले ८ प्लस दुई, माके ४ प्लस १

 

सरकारमा जान लोसपा तयार, एक मन्त्री पाउने शरद्सिंह मन्त्री बन्ने

मन्त्रालय भागबण्डा आजै टुंगिन्छः प्रम प्रचण्ड

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेमा शंका छैन : प्रदीप ज्ञवाली

रविको नागरिकता प्रकरण कानुनी राज्य गतिलो उदाहरण : डा. कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com