ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालय भागवण्डा फर्मुला:  ८ सांसद बराबर एक मन्त्री, एमाले ८ प्लस दुई, माके ४ प्लस १


ABC NEWS
२ माघ २०७९, सोमबार   ३ : १३   बजे

काठमाडौं २ माघ । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंग्याउन सांसद संख्याको फर्मुला निश्चित भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार विहान बालकोटमा भएको छलफलले मन्त्रालय भागवण्डाको नयां फर्मुला बनाएको हो ।

सत्तारुढद दलहरुको समेत ससुझावमा दुई शिर्ष नेताले ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डा खाका बनाएका छन् । नयां फुर्मुला अनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने छ ।

सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । त्यो संख्यामा प्रधानमन्त्री पदलाई गणना गरिने छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री लिने छ ।

सत्ता साझेदार दल राप्रपाले २ र जनता समाजवादी पार्टीले सहरी विकास र अर्को एक मन्त्रालय गरी २ मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी एक–एक मन्त्रालय छुट्याइएको छ ।
नागरिक उन्मुक्ति पार्टीले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी नहुने बताएको छ ।

हाल एमालेबाट उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तर अरु मन्त्रालयको भागवण्डा नटुंगिएका कारण ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।
माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या वा महिला बालबालिका र समाजकल्याण मध्ये १ र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

माओवादीले उर्जा, सचार, भूमिसुधार मन्त्रालय पाउने छ । यस अघि भौतिक योजना तथा यातायात मन्त्रलय पाइसकेको छ ।
एमालेले अर्थ, परराष्ट्र, रक्षा, शिक्षा तथा विज्ञान, समामान्य प्रशासन तथा संघीय मामिला र कानुन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ । राप्रपा स्वास्थ्य र पर्यटन मन्त्रालय पाउने सम्भावना छ । जनमत पार्टीले कृषिं मन्त्रालय पाउने छ भने जसपाले ससहरी विकास र एक मन्त्रालय तथा लोसपाले श्रम रोजगार मन्त्रालय पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group