ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालय भागवण्डा फर्मुला:  ८ सांसद बराबर एक मन्त्री, एमाले ८ प्लस दुई, माके ४ प्लस १


ABC NEWS
माघ २, २०७९ सोमबार  ३ : १३ बजे

काठमाडौं २ माघ । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंग्याउन सांसद संख्याको फर्मुला निश्चित भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार विहान बालकोटमा भएको छलफलले मन्त्रालय भागवण्डाको नयां फर्मुला बनाएको हो ।

सत्तारुढद दलहरुको समेत ससुझावमा दुई शिर्ष नेताले ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डा खाका बनाएका छन् । नयां फुर्मुला अनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने छ ।

सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । त्यो संख्यामा प्रधानमन्त्री पदलाई गणना गरिने छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री लिने छ ।

सत्ता साझेदार दल राप्रपाले २ र जनता समाजवादी पार्टीले सहरी विकास र अर्को एक मन्त्रालय गरी २ मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी एक–एक मन्त्रालय छुट्याइएको छ ।
नागरिक उन्मुक्ति पार्टीले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी नहुने बताएको छ ।

हाल एमालेबाट उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तर अरु मन्त्रालयको भागवण्डा नटुंगिएका कारण ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।
माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या वा महिला बालबालिका र समाजकल्याण मध्ये १ र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

माओवादीले उर्जा, सचार, भूमिसुधार मन्त्रालय पाउने छ । यस अघि भौतिक योजना तथा यातायात मन्त्रलय पाइसकेको छ ।
एमालेले अर्थ, परराष्ट्र, रक्षा, शिक्षा तथा विज्ञान, समामान्य प्रशासन तथा संघीय मामिला र कानुन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ । राप्रपा स्वास्थ्य र पर्यटन मन्त्रालय पाउने सम्भावना छ । जनमत पार्टीले कृषिं मन्त्रालय पाउने छ भने जसपाले ससहरी विकास र एक मन्त्रालय तथा लोसपाले श्रम रोजगार मन्त्रालय पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com