ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु कर्जा पुँजी रोक्न उद्योग वाणिज्य महासंघको माग


एबीसी / संवाददाता

 

 

काठमाडौं १३ पुस । नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ र अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेस गर्नुभएको छ । सुझाव पेस गर्दै अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पुँजी कर्जा मार्गदर्शन भएको दाबी गर्नुभयो । उहाँले चालुपुँजी कर्जा मार्गदर्शनलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रिय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेको भन्दै नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेकाले निजी क्षेत्रमा थप निराशा छाएको बताउनु भयो । उहाँले समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेका भन्दै व्यवसायीहरु आन्दोलित बन्नुपर्ने परिस्थिति बनेको बताउनु भयो । अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले लिएको पनि बताउनु भयो । उहाँले राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्ष यताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित भएको दाबी गर्नुभयो । उहाँले सरकारले उच्च रुपमा बढेको बैंकिङ ब्याजदर घटाउन सुझाव दिनुभयो । उहाँले सरकारले तत्कालका लागि बैंकको ब्याजदर घटाउने,वित्तिय प्रणालीमा देखिएको तरलता समस्या समाधान गरेमात्रै अर्थतन्त्र चलायमान हुनसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर हुँदा लगानी समेत बढ्न नसकेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सम्पूर्ण निजी क्षेत्र निराश भएर आन्दोलनकै मुडमा रहेको छ । तरलता अभावपछि अर्को मुख्य समस्या कात्तिकदेखि लागू भएको चालुपँजी कर्जा मार्गदर्शन हो । मार्गदर्शन अहिले अर्थतन्त्रमा आएको बेथितिलाई राम्रो बनाउन आएको रुपमा हेरेका छौं । तर जब अर्थतन्त्र एकदमै संकटमा हुँदा निजी क्षेत्रको मनोबल कमजोर छ । यस्तो बेलामा राष्ट्र बैंकले नयाँ निर्देशिका ल्याएर बेथितिलाई थितिमा ल्याउने प्रयास गरेको छ । यसले अझ ठूलो विकृति लिएर आउँछ भन्ने लागेको छ । चालुपँजी निर्देशिका कम्तिमा दुई वर्षको लागि स्थिगित हुनुपर्छ । अहिलेको लागि स्थगन गर्न सुझाव दिन्छौं । त्यस्तै ब्याजदरको मुद्धति र वचतमा ब्याजदर करिव दोब्बर निक्षेप बढेको थियो । तर निक्षेप ८ प्रतिशतले मात्रै बढ्यो । यसमा सुधार हुनुपर्छ भन्ने सुझाव छ । अर्थतन्त्रका समस्या तत्काल समाधान नभए अझ ठूलो समस्या आउने देखिन्छ । अहिले अर्थतन्त्रमा देखिएको मुख्य समस्या तरलतासँग जोडिएको छ । हामीले तरलता अभावको समस्यालाई समाधान गर्नसक्यौं भने अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नसक्छौं । तरलताको समस्या बैंकहरुले कोल्याक्टर मात्रै हेरेर कर्जा दिएको हो वा राष्ट्र बैंकले पुनःकर्जाको रुपमा १ खर्ब ६० अर्ब रुपैयाँ बाहिर पठाउँदा समस्या हो की रु निजी क्षेत्रले सजिलो कर्जा पाउँदा अनउत्पादन क्षेत्रमा लगानी लगाएकाले होस् वा अन्य कारणले गर्दा नेपालको अर्थतन्त्र एकदमै ठूलो संकुचनमा छ । तरलताको समस्याले गर्दा धेरै व्यवसाय नै संकुचनमा आएको छ । सिमेन्ट,फलाम,छड उद्योगहरु ३० प्रतिशतमा मात्रै सञ्चालनमा आएका छन् । उद्योगहरु ७० प्रतिशत संकुचनमा रहेका छन् । दैनिक उपभोग्य वस्तुमा १० प्रतिशत संकुचन आएको छ । विद्युतीय उपकरणको कारोबारमा ५५ प्रतिशत कारोबार संकुचन भएको छ । अर्थतन्त्र चलायमान बनाउनको लागि बैंक कर्जाको स्थायित्व हुनुपर्छ । बैंकको ब्याजदर बढ्नाले ठूलो समस्या आएको छ । ब्याजदर घट्नुपर्छ । वित्तिय प्रणालीमा नै तरलताको अभाव देखिएको छ । त्यस कारण व्यापार चलायमान हुनसकेको छैन । सरकारले तरलता अभावलाई सुधार गर्नको लागि राष्ट्र बैंकसँग भएका टुसहरुलाई सहज बनाउनु आवश्यक छ । हामी एकदमै कडाई गरियो । अहिले निजी क्षेत्र देशैभर आन्दोलित भएको छ । नेपालको निजी क्षेत्रको मनोबल कमजोर भएको छ । निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी पनि कम भएको छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थमन्त्री पौडेले आउने बित्तिकै शेयर बजारमा देखिएको हरियालीले अर्थतन्त्रमा देखिएका समस्या चाँडै समाधान हुने अवस्था देखिएको बताउनु भयो । उहाँले नवगठित सरकारले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या तत्काल समाधान गरे व्यवसायीहरुको आत्मबल बढ्ने बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रका समस्या समाधान गर्दा मात्रै निजी क्षेत्र उत्साहित हुने र अर्थतन्त्र पनि चलायमान हुनसक्ने बताउनु भयो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको ब्याजदर उच्च रुपमा बढेको र व्यापार संकुचन भएको कारण पुसमा बुझाउनुपर्ने पैसा व्यवसायीहरुले बुझाउन नसक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले पुस मसान्तमा बुझाउनुपर्ने पैसाको लागि ३५ दिनको समय थप गर्न माग गर्नुभयो । उहाँले बैंकहरुले कर्जाको तीन किस्ता नतिर्दासम्म कारबाही गर्न नपाउने नियम भएपनि एक महिना नतिर्दा नै कालोसूचिमा राख्ने वा गाडी घर लिलाम बैंकहरुले गर्न लागेको गुनासो गर्नुभयो । उहाँले अहिलेको अवस्थामा व्यवसायीहरुलाई हौसला प्रदान गर्नुपर्ने अवस्थामा निरासा बनाउने काम भइरहेको आरोप लगाउनु भयो ।
बाइट।।।दिनेश श्रेष्ठ,उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
त्यस्तै महासंघका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले संकटमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकारले तत्काल एक्शनमा जानुपर्ने बताउनु भयो ।
महासंघले मगलवार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अर्थतन्त्रका विषयमा जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत

सम्बन्धित

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

गोर्खा भर्तीसम्बन्धी रिट खारेज

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com