ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु कर्जा पुँजी रोक्न उद्योग वाणिज्य महासंघको माग


एबीसी / संवाददाता
पुस १३, २०७९ बुधबार   ५ : ५०   बजे

 

 

काठमाडौं १३ पुस । नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ र अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेस गर्नुभएको छ । सुझाव पेस गर्दै अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पुँजी कर्जा मार्गदर्शन भएको दाबी गर्नुभयो । उहाँले चालुपुँजी कर्जा मार्गदर्शनलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रिय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेको भन्दै नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेकाले निजी क्षेत्रमा थप निराशा छाएको बताउनु भयो । उहाँले समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेका भन्दै व्यवसायीहरु आन्दोलित बन्नुपर्ने परिस्थिति बनेको बताउनु भयो । अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले लिएको पनि बताउनु भयो । उहाँले राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्ष यताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित भएको दाबी गर्नुभयो । उहाँले सरकारले उच्च रुपमा बढेको बैंकिङ ब्याजदर घटाउन सुझाव दिनुभयो । उहाँले सरकारले तत्कालका लागि बैंकको ब्याजदर घटाउने,वित्तिय प्रणालीमा देखिएको तरलता समस्या समाधान गरेमात्रै अर्थतन्त्र चलायमान हुनसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर हुँदा लगानी समेत बढ्न नसकेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सम्पूर्ण निजी क्षेत्र निराश भएर आन्दोलनकै मुडमा रहेको छ । तरलता अभावपछि अर्को मुख्य समस्या कात्तिकदेखि लागू भएको चालुपँजी कर्जा मार्गदर्शन हो । मार्गदर्शन अहिले अर्थतन्त्रमा आएको बेथितिलाई राम्रो बनाउन आएको रुपमा हेरेका छौं । तर जब अर्थतन्त्र एकदमै संकटमा हुँदा निजी क्षेत्रको मनोबल कमजोर छ । यस्तो बेलामा राष्ट्र बैंकले नयाँ निर्देशिका ल्याएर बेथितिलाई थितिमा ल्याउने प्रयास गरेको छ । यसले अझ ठूलो विकृति लिएर आउँछ भन्ने लागेको छ । चालुपँजी निर्देशिका कम्तिमा दुई वर्षको लागि स्थिगित हुनुपर्छ । अहिलेको लागि स्थगन गर्न सुझाव दिन्छौं । त्यस्तै ब्याजदरको मुद्धति र वचतमा ब्याजदर करिव दोब्बर निक्षेप बढेको थियो । तर निक्षेप ८ प्रतिशतले मात्रै बढ्यो । यसमा सुधार हुनुपर्छ भन्ने सुझाव छ । अर्थतन्त्रका समस्या तत्काल समाधान नभए अझ ठूलो समस्या आउने देखिन्छ । अहिले अर्थतन्त्रमा देखिएको मुख्य समस्या तरलतासँग जोडिएको छ । हामीले तरलता अभावको समस्यालाई समाधान गर्नसक्यौं भने अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नसक्छौं । तरलताको समस्या बैंकहरुले कोल्याक्टर मात्रै हेरेर कर्जा दिएको हो वा राष्ट्र बैंकले पुनःकर्जाको रुपमा १ खर्ब ६० अर्ब रुपैयाँ बाहिर पठाउँदा समस्या हो की रु निजी क्षेत्रले सजिलो कर्जा पाउँदा अनउत्पादन क्षेत्रमा लगानी लगाएकाले होस् वा अन्य कारणले गर्दा नेपालको अर्थतन्त्र एकदमै ठूलो संकुचनमा छ । तरलताको समस्याले गर्दा धेरै व्यवसाय नै संकुचनमा आएको छ । सिमेन्ट,फलाम,छड उद्योगहरु ३० प्रतिशतमा मात्रै सञ्चालनमा आएका छन् । उद्योगहरु ७० प्रतिशत संकुचनमा रहेका छन् । दैनिक उपभोग्य वस्तुमा १० प्रतिशत संकुचन आएको छ । विद्युतीय उपकरणको कारोबारमा ५५ प्रतिशत कारोबार संकुचन भएको छ । अर्थतन्त्र चलायमान बनाउनको लागि बैंक कर्जाको स्थायित्व हुनुपर्छ । बैंकको ब्याजदर बढ्नाले ठूलो समस्या आएको छ । ब्याजदर घट्नुपर्छ । वित्तिय प्रणालीमा नै तरलताको अभाव देखिएको छ । त्यस कारण व्यापार चलायमान हुनसकेको छैन । सरकारले तरलता अभावलाई सुधार गर्नको लागि राष्ट्र बैंकसँग भएका टुसहरुलाई सहज बनाउनु आवश्यक छ । हामी एकदमै कडाई गरियो । अहिले निजी क्षेत्र देशैभर आन्दोलित भएको छ । नेपालको निजी क्षेत्रको मनोबल कमजोर भएको छ । निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी पनि कम भएको छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थमन्त्री पौडेले आउने बित्तिकै शेयर बजारमा देखिएको हरियालीले अर्थतन्त्रमा देखिएका समस्या चाँडै समाधान हुने अवस्था देखिएको बताउनु भयो । उहाँले नवगठित सरकारले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या तत्काल समाधान गरे व्यवसायीहरुको आत्मबल बढ्ने बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रका समस्या समाधान गर्दा मात्रै निजी क्षेत्र उत्साहित हुने र अर्थतन्त्र पनि चलायमान हुनसक्ने बताउनु भयो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको ब्याजदर उच्च रुपमा बढेको र व्यापार संकुचन भएको कारण पुसमा बुझाउनुपर्ने पैसा व्यवसायीहरुले बुझाउन नसक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले पुस मसान्तमा बुझाउनुपर्ने पैसाको लागि ३५ दिनको समय थप गर्न माग गर्नुभयो । उहाँले बैंकहरुले कर्जाको तीन किस्ता नतिर्दासम्म कारबाही गर्न नपाउने नियम भएपनि एक महिना नतिर्दा नै कालोसूचिमा राख्ने वा गाडी घर लिलाम बैंकहरुले गर्न लागेको गुनासो गर्नुभयो । उहाँले अहिलेको अवस्थामा व्यवसायीहरुलाई हौसला प्रदान गर्नुपर्ने अवस्थामा निरासा बनाउने काम भइरहेको आरोप लगाउनु भयो ।
बाइट।।।दिनेश श्रेष्ठ,उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
त्यस्तै महासंघका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले संकटमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकारले तत्काल एक्शनमा जानुपर्ने बताउनु भयो ।
महासंघले मगलवार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अर्थतन्त्रका विषयमा जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group