ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शपथ नखाँदै कानुनी झमेलामा सांसद, पुनः मतगणनादेखि शपथ नगराउनेसम्मका मुद्दा सर्वाेच्चमा


एबीसी / संवाददाता
मंसिर २८, २०७९ बुधबार  ६ : २३ बजे

काठमाडौं, २८ मंसिर । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फसेका छन् । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उनीहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।

उक्त अन्तिम परिणाम बिहीबार भोलि राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ खुवाइँदै छ । शपथ ग्रहण गर्नु पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का सांसद रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सांसद लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले उनलाई शपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो । उनीविरुद्ध युवराज लामिछानेले बुधबार सो रिट दर्ता गरेका हुन्। यता नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ४ मा मतगणनाका क्रममा धाँधली हुँदा आफू झिनो मतान्तरले पराजित भएको भन्दै यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठविरुद्ध रिट दायर गरेका हुन्

कांग्रेस सहमहामन्त्री यादव एमाले सचिवसमेत रहेका उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित भएका थिए । यस्तै मंगलबार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

इलाम क्षेत्र नम्बर १ मा मत गणनाको क्रममा निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै खनालको तर्फबाट रिट दायर भएको हो। सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com