काठमाडौं, २५ मंसिर । जारी विश्वकप फुटबल प्रतियोगितामा अफ्रिकी मुलुक मोरक्को इतिहास रच्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै खुसी भएका छन्। शनिबार भएको क्वार्टरफाइनल खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना भत्काउँदै मोरक्को १–० ले विजयी भएको हो।
विश्वकप इतिहासमै ऊ सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको छ।यो जितमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई रमाएका हुन्। मोरक्को सेमिफाइनलमा प्रवेश गर्दा आनन्द अनुभूति भएको उनले उल्लेख गरेका छन्। ‘हेपिएकाहरूले लड्दा र जित्दा आनन्दानुभूति हुने आम नियमअनुसार अफ्रिकीरअरब मुलुक मोरक्कोले पोर्चुगललाई हराएर वर्ल्डकपको सेमिफाइनलमा प्रवेश गर्दा गजब आनन्दको अनुभूति भयो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वेल डन मोरक्को।’








प्रतिक्रिया दिनुहोस्