काठमाडौं, २५ मंसिर । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशीने नेपाली विद्यार्थीहरुको संख्या वर्षेनी बढ्दो छ । उच्च शिक्षाका लागि विदेश जानु गलत हो की हैन फरक वहस हुन सक्ला तर, यो हज्जारौं दक्ष शिक्षित जनशक्तिहरु विदेशमै रमाउँदा भने ठूलो समस्या पैदा हुने देखिएको छ ।
वर्षेनी उच्च शिक्षा भन्दै विदेशीएका विद्यार्थीले अरबौं रकम विदेश लिएर गएका छन् । कक्षा १२ उत्तिर्ण पछि उच्च शिक्षा हासिल गर्न विदेश गएकामध्ये ५० प्रतिशत विद्यार्थी पढाइ सकिएपछि स्वदेश फर्किएका छैनन् । स्वदेशी शिक्षामा सुरक्षित भविश्यको सम्भावना र अवसर नहुँदा यो समस्या बढीरहेको शिक्षाविद्हरुको विश्लेषण छ ।








प्रतिक्रिया दिनुहोस्