काठमाडौं, २२ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. बिन्दा पाण्डेले संविधानमा उल्लेख भएको विषय महिलाको मात्रै नभएको बताएकी छिन् । एबीसी टेलिभिजनको एबीसी वाचको अन्तरक्रियात्मक कार्यक्रममा उनले संविधान कार्यान्वयनमा जोड दिदै सो कुरा बताएकी हुन् । उनले राजनीतिक दलको इच्छा शक्ति नभएका कारण प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ महिला उम्मेदवारको सङ्ख्या अत्यन्तै न्यून भएको बताइन् ।
“संविधान कार्यान्वयनका कुरा उठाएका थियौं । तीन वर्ष भित्र कानुन बनाएर लागू गरिसक्नुपर्ने । कम्तिमा एकतिहाइ महिला जानुपर्छ भनेर । फास्ट ट्रयाकबाट कानुन बनाएर जाऔं भन्ने कुरा । तर, संविधान जोगायौं भन्नेले पनि संविधानको ढिक्का मात्रै देख्नुभएको रैछ π संविधानको धारमा के लेखिएको कुरा के–के छन् भन्ने हेक्का भएन जस्तो लाग्छ”, उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्