ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब


एबीसी / संवाददाता

काठमाडौं, १६ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ । बाँकी तीनवटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ ।

समानुपातिकतर्फसमेत मतगणना सकिने तर्खरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेटअनुसार एमाले पहिलो दलको रूपमा देखापरेको छ । उसले २७ लाख ७४३ हजार ९९९ मत ल्याएको छ ।  नेपाली कांग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्र ११ लाख ६१ हजार २५६ मतसहित तेस्रो स्थानमा छ ।

अब तीनवटा क्षेत्रमा मात्र मतगणना बाँकी रहेकाले थोरैले मतपरिणाम घटबढ भए पनि ठूलो भिन्नता आउने देखिँदैन । पछिल्लो समय उदाएका केही नयाँ दलहरूका कारण पुराना र स्थापित भनिएका दलहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतमा समेत धक्का लागेको छ । राष्ट्रिय दलका रूपमा उदाएका नयाँ दलहरूका कारण ठूला भनिएका दलहरूलाई सिट संख्यामा धक्का लाग्दा सुरक्षित ठानेर समानुपातिकमा बसेका नेताहरूको सपनामा भने ब्रेक लाग्ने देखिएको छ ।

समानुपातिकतर्फको मतपरिणामले नेपाली कांग्रेसका चर्चित नेताहरू संसदमा जानबाट वञ्चित हुने देखिएको छ । समानुपातिकमा सुरक्षित ठानेर बसेका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका प्रभावशाली नेताहरूलाई अप्ठेराे परेकाे छ ।

कांग्रेस प्रवक्ता महत यसपटक प्रत्यक्षमा उम्मेदवार बन्नै चाहेनन् । उनी समानुपातिकको खासआर्य पुरुषतर्फ पहिलो नम्बरमा छन् । निधि पनि मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन् । स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छन् । सहमहामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा-३ का फरमुल्लाह मन्सुर मुस्मिल पुरुषतर्फ पहिलो नम्बरमा छन् । योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन् । समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बर नै प्राथमिकता हुने गर्दछ ।

यद्यपि समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउनु पूर्वसंघीय संसदमा पार्टीको तर्फबाट महिला उपस्थिति हेर्नुपर्छ । कांग्रेसको प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५५ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी संघीय संसदमा कांग्रेसका ९६ जना सदस्य हुन्छन् ।

यसको ३३ प्रतिशत अर्थात ३२ जना महिला हुनुपर्छ । अहिले प्रतिनिधिसभामा एकजना र राष्ट्रियसभामा तीनजना महिला छन् । कांग्रेसले अब समानुपातिकबाट २८ जना महिलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । बाँकी समानुपातिकतर्फबाट पाउने पाँचजना पुरुष जान पाउने छन् । महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रष्ट व्यवस्था छैन ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीले समानुपातिकतर्फ बन्दसूची पठाइसकेकाले अब कसलाई सांसद बनाउने भन्ने जिम्मा निर्वाचन आयोगको सूत्रले निर्धारण गर्ने बताए । यसमा आयोगले नै कसरी समानुपातिक सांसद छनोट गर्ने भन्ने विषयमा टुंग्याउने भएकाले यसमा पार्टीले केही गर्न नमिल्ने नेता लेखक बताउँछन् ।

यद्यपि यसपटक निर्वाचन आयोगले यसबारे निर्णय गरिसकेको छैन । तर, जनसंख्याको अनुपातमा जसको धेरै छ, उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना हुन सक्छ । त्यसो भएमा महिलाको प्रतिशत पुगेपछि पहिलो नम्बरमा खासआर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरु सांसद बन्नेछन् । यसँगै क्रमशः दलित, थारु, मुस्लिम, अपांगता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउनेछ ।

जसअनुसार कांग्रेसबाट प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन् । यदि पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जयपति रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । महत र श्रेष्ठ सांसद बन्न नपाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com