धनगढी, १६ मंसिर । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्का अनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए ।
उनकाअनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित उनलाई पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्