ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक मतको मिटरः १ करोड २ लाख सदर मतमा कसले कति मत पाए ?


एबीसी / संवाददाता
मंसिर १५, २०७९ बिहीबार  ९ : ४४ बजे

काठमाडौं, १५ मंसिर ।  मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।बिहिबार बिहान साढे ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ।जसमध्ये दोलखामा आज निर्वाचन हुँदैछ भने बाजुरामा गणना हुन अझै सकेको छैन।

गणना भइरहेको सुनसरी ४ र स्याङ्जा २ मा नेकपा एमालेले अग्रता लिएको छ।यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल १ करोड २ लाख १३ हजार ५५४ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।एमालेले २७ लाख २६ हजार ३०३ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९३ हजार ७४२ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मतका साथ तेस्रो स्थानमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७९ हजार ७३९ मत पाएको छ।जनता समाजवादी पार्टी, नेपालले ४ लाख ११ हजार ८५६ मत र जनमत पार्टी ३ लाख ८१ हजार २४४ मत प्राप्त गरेको छ।यस्तै नेकपा एकीकृत समाजवादी २ लाख ९२ हजार ८२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ७०५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६० हजार १०३ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो । राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com