काठमाडौं, ११ मंसिर । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित हुनुभएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी हुनुभएको हो । महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गर्नुभएको हो । प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले–जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्