ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ जनालाई पछी पार्दै पत्रकार महासंघ जापानमा पहरी निर्वाचित


एबीसी / संवाददाता
कार्तिक २३, २०७९ बुधबार  १२ : ५२ बजे

इन्दिरा खनाल

टोकियो, ,२३ कात्तिक । ३ जनालाई पछी पार्दै नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित हुनुभएको छ । आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।सहमतीमा ल्याउन निकै प्रयास गरेपनि सहमती नजुटेपछी अन्तत निर्वाचन गर्नुपरेको थियो । ६६ जना सदस्य रहेको जापान शाखामा ५० जना मतदानमा सहभागी भएको निर्वाचन समितीका संयोजक खगराज गौतमले जानकारी दिनुभयो ।

पहरीले अध्यक्ष पदका अरु ३ उम्मेदवार दिपक गौतम, कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई पछी पार्दै १६ मत ल्याएर निर्वाचित हुनुभएको हो । गौतमको १४ न्यौपानेको ११ र चलाउनेको ६ मत खसेको थियो ।

त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। श्रेष्ठले अन्य २ प्रतिस्पर्धी गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई हराउदै निर्वाचित हुनुभएको हो । श्रेष्ठको १८ मत खसेको थियो भने अधिकारीको १७ र सापकोटाको ११ मत खसेको थियो ।

अध्यक्ष र खुला उपाध्यक्ष पदबाहेकमा सर्वसम्मत पदाधिकारी चयन भएको हो । जसमा महिला उपाध्यक्षमा इन्दिरा खनाल , सचिवमा राजन गौतम , खुला सह–सचिवमा विश्वास आचार्य, समावेशी सह–सचिवमा सजिना मोक्तान, कोषाध्यक्षमा अर्जुन लामिछाने चयन हुनुभएको छ ।

सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, लक्ष्मी पौडेल, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्, प्रमेश शेर्पा, फुर्वा शेर्पा चयन हुनुभएको छ भने केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन हुनुभएको छ ।

अधिवेशनको उद्धघाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गर्नुभएको थियो भने घोषणा सभामा जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी, जनप्रगतीशील मंच्च जापानका कार्यवाहक अध्यक्ष मोहन पौडेल, एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, अनेसास जापानका अध्यक्ष रविन शर्मा , बाबुराम भण्डारी लगायत जापानमा क्रियाशिल संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना दिनुभएको थियो । यसै विच नया कार्यसमितीले मगलबार सपथ तथा पदभार ग्रहण गरी आफनो ज़िम्मेवारी सम्हालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सम्बन्धित

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com