ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेनुका ठकुरीका ५ वर्षे बाचा र ग्यारेन्टी


एबीसी / संवाददाता
कार्तिक १७, २०७९ बिहीबार   २ : ५३   बजे

काठमाडौं, कात्तिक १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार चुनावी बाचापत्र सार्वजनिक गरेसँगै सिन्धुली क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार मेनुका ठकुरीले पनि जनतासमक्ष आफ्नो बाचापत्र सार्वजनिक गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातामाझ आफ्नो चुनावी बाचापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गरेकी हुन् ।

ठकुरीले हुन नसक्ने, गर्न नसक्ने वा जनतालाई ठुलठुला सपना देखाउने वाचा नभएको भन्दै गर्न सक्ने र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने वाचापत्र लिएर आएको उल्लेख गरेकी छिन् । २२ बुँदे वाचापत्र सार्वजनिक गर्दै उनले सो बाचापत्र चुनावअघि देखाउने कागज मात्र नभई ५ वर्षभित्रमा पुरा गर्ने एउटा ग्यारेन्टी पत्र पनि भएको दाबी गरेकी छिन् ।

उक्त चुनावी बाचापत्र (प्रतिबद्धतापत्र) जस्ताको तस्तै यसप्रकार छ :

१. उच्चतम नैतिक राजनितिक संस्कार विकास गर्न आफु इमान्दार रहने छु ।

२. म भ्रष्टचार गर्दिन, भ्रष्टचार विरुद्ध शून्य सहनशिलता रहनेछ ।

३. महिला सशक्तिकरणमा जोड दिँदै सबैखाले लैङ्गिक तथा घरेलु हिंसा मुक्त परिवार समाज र राष्ट्र निर्माणमा अहम भूमिका निर्वाह गर्नेछु । सबैखाले सामाजिक विभेद अन्त्य गर्नको लागि आवश्यक कार्य गर्नेछु ।

४. सार्वजनिक निर्माण र भौतिक निर्माणमा पुर्ण गुणस्तर कायम गर्दै समयमा निर्माण कार्य गर्न गराउन कार्यको लागि प्रोत्साहन तथा दण्डको उचित व्यवस्था मिलाउने व्यवस्था गर्नेछु।

५. सिन्धुली जिल्ला अन्तर्गत भौगोलिक र रणनितिक रुपमा महत्वपूर्ण सडकहरु निर्माण गर्ने तथा खोलिएका सडकहरुको स्तर वृद्धि गर्दै विकास गर्न आवश्यक प्रयत्न गर्नेछु ।

६. राज्य द्वारा प्रदान गरिने सेवा र अवसरहरुको समान तथा उचित वितरण प्रणाली कायम गर्न राज्य लाई ससक्त दवाव सिर्जना गर्ने कार्य गरिनेछ ।

७. चदाँहा, कमला र यसका सहायक नदिहरुमा तटबन्ध गरी खेतीयोग्य जग्गा संरक्षणको लागि आवश्यक सोख कार्य गरिने छ । वितिजोर, बन्दीजोर अँधेरी लगायतका महाभारत भएर बग्ने खोलाहरु नियन्त्रणका लागि आवश्यक काम गरिनेछ ।

८. कृषि उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकिकरणको लागि आवश्यक कार्य गर्ने उत्पादित बस्तुको भण्डारण तथा बजारीकरण गरि कृषिमा आधारित जनशक्ति लाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याईनेछ ।

९. एसिड आक्रमण तथा जलन पिडितहरुको न्यायको लागि आवश्यक उपयुक्त काम कानुन निर्माण गर्न राज्यलाई सशक्त दवाव तथा सामुहिक दवाव सृजना गर्दै कानुन निर्माण निर्माण गर्ने ।

१०. प्रत्येक स्थानिय तहका स्वास्थ्य संस्थालाई प्राविधि विशेषज्ञ डाक्टर युक्त सुविधा सम्पन्न बनाउन आवश्यक काम गर्ने ।

११. सबै महत्वपूर्ण सरकारी कार्यलयहरुलाई पेपरलेस (कागज रहित) बनाउँदै सरकारी कार्यालयहरुको सेवा पद्धतिहरुलाई पारदर्शि बनाउनेछ ।

१२. नागरिक स्वास्थ्य सुधारको लागि क्रमश धुम्रपान तथा मदिरा नियन्त्रण क्षेत्र घोषणा गरि स्वास्थ्य सुरक्षाका कार्यहरु कडाईका साथ लागू गरिनेछ ।

१३. स्वास्थ्य बीमा बाली तथा पशु बीमा कार्यक्रमलाई अनिवार्य बनाउँदै क्रमशः प्राथमिकताको आधारमा सबैको पहुँचमा पुयाउने कार्य गरिनेछ । यी कार्यक्रम सकेसम्म निःशुल्क र अति कम शुल्कमा गराउने प्रयास गर्नेछु ।

१४. आधुनिक व्यवसायिक र उत्पादनको क्षेत्रमा काम गर्ने युवा, किसान र बैदेशिक रोजगार बाट फर्केका युवालाई विशेष प्राथमिकता दिई व्यवसाय प्रर्वद्धन तथा रोजगारी सृजनाको प्रयास गर्नेछु ।

१५. शिक्षाको व्यापारिकरणमा रोक लगाई पूर्ण निःशुल्क प्राविधिक, नैतिक, सीप मुलक र व्यवहारिक शिक्षा दिई स्वतः रोजगारीको व्यवस्था लागू गर्नुमा जोड दिने सोही अनुसार विद्यालय खोल्न र गुणस्तर अनुभवी शिक्षकको व्यवस्थापन गर्न पहल गर्नेछु ।

१७. बलात्कार, यौन हिंसा मुक्त समाज, राष्ट्र निर्माण गर्न पिडितलाई न्याय तथा पिडकल लाई हदै सम्मको कारबाहीको व्यवस्था गर्न कानुन निर्माणको लागि राज्यलाई दबाब सृजना गरिने छ ।

१७. सिन्धुली जिल्लाको प्रतिनिधिको हैसियतले गर्ने जिल्लाका सदस्य र विकासका कार्यक्रम लाई संघिय संसदमा जोडदार रुपमा प्रस्तुत गरि समाधान गर्नेछु ।

१८. स्थानिय स्तरमा उपलब्ध जडिबुटी संकलन, प्रसोधन र प्रवद्र्धनमा जोड दिइनेछ ।

१९. जिल्लाको वातावरण प्रदुषण हुने ढंगले स्थापित भएका क्रसर उद्योग तथा नदीजन्य प्राकृतिक स्रोतको दोहन, उत्खननमा वातावरणीय अध्ययन गराई कडाईका साथ नियन्त्रण गरिनेछ ।

२०. मोबाईल सेवा भरपर्दाे सबैको पहुँच पुग्ने इन्टरनेटमा सबैको पहुँच तथा सर्वसुलभ बनाउने प्रयत्न गरिनेछ ।

२१. भूमिहीन किसान लाइ जग्गाको स्वामित्व प्रदान गर्न नीति निर्माण को लागि आबस्यक दबाब सिर्जना गरी जग्गाको स्वामित्व प्रदान गर्न प्रयास गर्ने ।

२२. यी उल्लेखित कार्यको लागि विज्ञ समुहको परामर्श लिई कार्यक्रम संचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

कांग्रेसको प्रतिक्रिया– आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

अब बिजुलीमा पनि भ्याट लाग्ने

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group