ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलको सेवा अवरुद्ध प्रकरण : दूरसञ्चार प्राधिकरणले सोध्यो स्पष्टीकरण


एबीसी / संवाददाता
भाद्र १३, २०७९ सोमबार   ५ : ४०   बजे

काठमाडौं । एनसेलको आज बिहान केही घण्टा सेवा अवरुद्ध भयो । त्यसबारे सेवाग्राहीलाई पनि ढाट्यो, नियमन निकाय दूरसञ्चार प्राकिरणलाई पनि कुनै जानकारी गराएन ।

सकेसम्म एनसेलले आफ्नो सेवा अवरुद्ध भएको सार्वजनिक गर्न चाहेको छैन । अहिलेसम्म एनसेलले आफ्नो सेवा केही घण्टा बन्द भएकोबारे आधिकारिक कुनै धारण सार्वजनिक गरेको छैन । अहिले पुनः सेवा सञ्चालनमा आएपछि एनसेलले सेवा अवरुद्ध हुनुको कारणबारे खुलाएको छैन भने सेवाग्राहीसँग क्षमा समेत मागेको छैन ।

दूरसञ्चार प्राधिकरणले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउन निर्देशन दिएको छ ।

एनटीएका निर्देशक अर्जुन घिमिरेले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउनका लागि भनेको बताए । उनले भने, ‘के कारणले एनसेलको सेवा रोकिएको हो त्यो जानकरी गराउन भनेका छौं । भोलि वा केही दिनमा एनसेलले जानकरी दिने छ ।’

एनसेलको मिडिया प्रमुख बिशाखा खड्काले एनसेलको सेवा ४५ मिनेटदेखि १ घन्टासम्म सेवा अवरुद्ध भएको बताइन् । उनले भनिन्, ‘हाम्रो सेवा कतै तार काटिएर बन्द भएको हो । बन्द भएको १ घन्टामा सेवा पुनः सुचारु भएको थियो । सेवा के कारणले बन्द भएको हो भन्ने कुरा एनटीएलाई जानकारी गराउने छौं ।’

आज बिहान एनसेलको कुनै नम्बरमा कल नलाग्ने, एसएमएस नजाने र एनसेलको एप समेत चलेको थिएन । एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group